रेशम चौधरी सपथ ग्रहण लगत्तै पुनः कारागार चलान 2075/09/19  कैलाली क्षेत्र नं. १ बाट अत्याधिक मतसहित राजपाका तर्फबाट बिजयी भएका रेशम चौधरीले १३ महिनापछि प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको बिहीबार शपथ लिएका छन् । सपथग्रहण लगत्तै चौधरी पुनः कारागार चलान भएका छन् ।     संसद सचिवालय सिंहदरबारमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई शपथ ग्रहण गराएका हुन । चौधरी जनमतबाट स्वीकृत भएको भन्दै उनको दल राजपा नेपालले चौधरीमाथि लागेको मुद्दा सरकारले फिर्ता लिनुपर्ने बताउँदै उनलाई शपथ दिलाउन माग गर्दै आएको थियो ।   राजपा अध्यक्षमण्डका संयोजक राजेन्द्र महतोले केही दिन अघि संसद बैठकमा रेशम चौधरीलाई अविलम्ब शपथ खुवाउनु पर्ने बताएका थिए । .... विस्तृत
एसइई प्रदेश सरकारले सञ्चालन गर्ने  2075/09/05  यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ ।  मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।      उहाँका अनुसार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षा सञ्चालन गर्ने छ ।      “हामीले यहाँबाट प्रश्नपत्र मात्र पठाउँछौँ”, उहाँले भन्नुभयो, “उत्तरपुस्तिकाको छपाइदेखि परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष तोक्नेजस्ता काम प्रदेश सरकारले गर्ने छ ।” नियन्त्रण कार्यालयले गत वर्षको तोकिएको परीक्षा केन्द्र नबढाइ तोक्न निर्देशन दिइएको छ । .... विस्तृत
सुरक्षित गर्भपतनमा आकर्षण बढ्दै, चुनौती कायमै  2075/09/02  नेपालमा सुरक्षित गर्भपतनका लागि गर्भवती महिलाहरू आकर्षित हुन थालेका छन् । नेपाल सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा प्रदान गर्न थालेपछि महिलामा यस्तो आकर्षण बढेको हो ।  स्वास्थ्य संस्थाहरूबाट हालसम्म १० लाखभन्दा बढी महिलाले सुरक्षित गर्भपतनको सेवा लिइसकेको ग्रामीण महिला सन्जाल नेपालले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । संस्थाका अनुसार गत आर्थिक वर्षमा मात्र गर्भवती भएका ९६ हजार महिलाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् । .... विस्तृत
दूधमा पानी मिसाए दश हजार जरिवाना !  2075/08/28  सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ जारी गरेको हो ।   निर्देशिका मुलुकभरका दूध उत्पादन, संकलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्रीवितरण गर्ने सबै व्यवसायमा लागू हुनेछ । निर्देशिकाले दूध उत्पादनदेखि उपभोगसम्मको चरणमा स्वच्छता र गुणस्तर कायम गर्न सघाउ पुग्ने मन्त्रालयको विश्वास छ ।     निर्देशिकाअनुसार दूध उत्पादक किसानले पशुचौपाया स्वास्थ्य, गोठ तथा फार्मको सरसफाइ, दूध दुहुने भाँडा र व्यक्तिगत सफाइमा समेत ध्यान दिनुपर्नेछ ।.... विस्तृत
फोरम राजपाबीच एकीकरणको प्रयास गरिने, फोमरले बैशाख २८, २९ र ३० गते महाधिवेशन गर्ने 2075/08/23 संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण गर्नका लागि प्रयासका निम्ति दुबै पार्टीले लचकता अपनाएका छन् । केही विद्युतीय संचारमाध्मले फोरम नेपालले सो एकीकरणका लागि वार्ता समिति समेत गठन गरेको दाबी गरेको छ ।     फोरम अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफ्नै अगुवाइमा राजपासंग वार्ता अह्वान गर्दै सो वार्ता कमिटी गठन गरेको जनाइएको छ ।     शनिबारदेखि राजधानीमा शुरु भएको फोरम केन्द्रीय समितिको बैठकले सो समिति गठन गरेको हो । यसअघि पनि राजपा नेपाल र फोरम नेपालको बीचमा एकीकरणका लागि पहिलादेखि छलफल हुँदै आएको ती संचारमाध्यमहरुले जनाएको छ । .... विस्तृत
फेरि त्रिविमा विद्यार्थी बढे 2075/08/18  केही वर्ष विद्यार्थीको सङ्ख्यामा कमि आएको त्रिभुवन विश्वविद्यालयमा भर्ना दर फेरि बढेको छ । त्रिविमा प्राविधिक विषय पढाइ हुन थालेपछि पुनः विद्यार्थी सङ्ख्यामा वृद्धि हुन थालेको हो ।      त्रिविमा अहिले विज्ञान, व्यवस्थापन र मानविकि सङ्कायमा नयाँ प्राविधिक विषयको पठनपाठन हुन थालेपछि भर्ना दर बढेको त्रिविका योजना निर्देशनालयका प्रमुख प्रा डा ऋदिशकुमार पोखरेलले जानकारी दिनुभयो ।      त्रिविमा शैक्षिक सत्र २०६९÷७० देखि लगातार तीन शैक्षिक सत्रसम्म विद्यार्थी भर्ना घटेकोमा त्यसपछि भने बढेको पाइएको छ । शैक्षिक सत्र २०७२÷७३ देखि लगातार अहिले विद्यार्थी सङ्ख्या बढेको उहाँले जानकारी दिनुभयो । शैक्षिक सत्र २०७१÷७२ मा दुई लाख ९८ हजार ९९० विद्यार्थी सङ्ख्या भएकोमा शैक्षिक सत्र २०७२÷७३ मा विद्यार्थी सङ्ख्या तीन लाख ६० हजार २५४ पुगेको छ ।      मानविकि तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा डा शिवलाल भुसालले नयाँ शैक्षिक कार्यक्रमले गर्दा पछिल्लो चरणमा मानविकि सङ्काय पढ्ने विद्यार्थी बढेको बताउनुभयो ।      उहाँका अनुसार स्नाकोत्तर तह द्वन्द्व, शान्ति र व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्धन तथा कूटनीति, सामजिक कार्य, परामर्श मनोविज्ञान, खेलकूद विज्ञान, पर्यटन तथा आतिथ्य र स्नातक तह ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए), सामाजिक कार्य (विएसड्ब्लु) जस्ता विषय पढाइ हुन थालेका छन् । .... विस्तृत