हिन्दू राष्ट्रका लागि लडाई जारि छ ः राष्ट्रिय अध्यक्ष पटेल   2075/08/09  हिन्दू परिषद् नेपालको प्रदेश स्तरीय हुने अगुवा कार्यकर्ता भेला भब्यताका साथ सम्पन गर्नको लागी एक दिने बिशेष बैठक एवं बिचार बिमर्श सम्पन भएको छ । गहवामाई धर्मशाला बीरगंजमा प्रदेश न. २ का अध्यक्ष पंडित सचितानंद दुबे सभापतित्वमा सम्पन बैठक लाई संबोधन गर्दै हिन्दू परिसद नेपालको राष्ट्रीय अध्यक्ष संतोष पटेल आफुहरु हिन्दू रास्ट्र पुनःस्थापनाको लागी लड़ाई लड़ी रहेको बताउदै धार्मिक एवं सामाजिक कार्य गरी नेपाली जनतालाई जागरूक गर्ने कार्य भई रहेको बताए ।      एस कार्यमा सक्रियताका साथ लागन हिन्दू परिसदका सम्पूर्ण जिमेवार साथीहरुलाई आग्रह गरेका थिए।यसको लागि राज्यबाट दमन भए आफूहरु जस्तो सुकै कदम पनि उठाउन सक्ने पनि चेतावनी दिए । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अब हुने जनकपुर भ्रमणलाई आफूहरुले स्वागत गरेको बताए । उनले भने, ‘उहाँको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।  .... विस्तृत
प्रतिपक्ष सांसदद्वारा रेल उद्घाटन बारे प्रदेश सरकारसँग जवाफ माँग 2075/08/07  नेपाल भारत रेलको उद्घाटन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गर्न लागेको भन्दै प्रतिपक्षी सांसदहरुले प्रदेश सरकारसँग जवाफ माग गरेका छन् ।      नेकपाका सांसद सत्रुघन महतोले कहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउने, कहिले गृह मन्त्री राजनाथ सिंह आउने, कहिले रेल मन्त्री सुरेश प्रभु आउने त कहिले मुख्यमन्त्री योगी आदित्यनाथ आएर रेल उद्घाटन गर्ने भन्ने कुरा आइरहेकोप्रति प्रदेश सरकारसँग जवाफ माँग गरेका हुन् ।     भारतको केन्द्रीय सरकारको अनुदानमा नेपालले रेल निर्माण गरेकाले त्यसको उद्घाटन पनि नेपालको संघिय सरकारको आयोजनामा भारतका केन्द्रीय सरकार मार्फत नै हुनुपर्ने भन्दै सांसद महतोले भने, ‘त्यस्तो हो भने नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ वा परराष्ट्र मन्त्री प्रदीप ज्ञवावालीले भारतीय समकक्षीलाई बोलाएर मात्रै रेल उद्घाटन गरिनुपर्छ ।’.... विस्तृत
विहार, पश्चिम बंगाल र उत्तरप्रदेश तथा बंगलादेशमा अन्तरराष्ट्रिय उडान हुने 2075/08/06 प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा वार्षिक पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई हिमाली उडानबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उडान सञ्चालन गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउँदै उहाँले आगामी वर्ष थप विदेशी पर्यटक वृद्धि भई सङ्घीय सरकारको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पु¥याउन सहयोग मिल्ने बताउनुभयो । विराटनगरवाट यही मङ्सिर ८ गतेदेखि हिमाली उडान शुरु हुँदैछ ।      उहाँले भारतको पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेशलगायत बङ्गलादेशमा ६० करोडभन्दा बढी जनसङ्ख्यालाई हिमाली उडानमा आकर्षण गर्न सके एकदेखि दुई प्रतिशत पर्यटक आगमन भएमा प्रदेशको लक्ष्य पूरा हुने धारणा रासससँग व्यक्त गर्नुभयो । .... विस्तृत
जबर्जस्ती करणी गर्नेलाई आठ वर्ष कैद 2075/08/05 उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजायको फैसला गरेको छ । जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो ।      सोमबार जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले १४ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरी करणी गरेको अभियोगमा आठ वर्ष जेल सजाय तोक्नाका साथै पीडितलाई रु एक लाख ५० हजार क्षतिपूर्ति भराउने फैैसला गरेको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिनुभयो । .... विस्तृत
सूर्तीजन्य पदार्थको उत्पादनमा प्रतिबन्ध लगाउन माग 2075/08/02  सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन तथा नियमावली कार्यान्वयनमा नआएकोमा सरोकारवार निकायले चिन्ता व्यक्त गरेका छन् ।      ऐन तथा नियमावली विसं २०६८ तथा निर्देशिका विसं २०७१ मा जारी भएको थियो । सो नियमावलीमा मुख्यतः सूर्तीजन्य पदार्थको वट्टा, पार्सल तथा ¥यापरमा ९० प्रतिशत चेतनामुलक सन्देश चित्र अङ्कित छाप्ने वाध्यकारी व्यवस्था छ ।     प्रमुख सूर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी सूर्य नेपालले कानुन कार्यान्वयनमा गरेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एक्सन नेपाल र स्वास्थ्य पत्रकार मञ्चद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित सूर्तीजन्य पदार्थ तथा नियमनको प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रमका वक्ताले अर्थ एवं उद्योग मन्त्रालयको समन्वयमा जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखापरेको सूर्तीजन्य पदार्थको उत्पादनमा नै प्रतिबन्ध लगाउन मागसमेत गरेका हुन् ।..... विस्तृत
सात हजार महिला तथा बालबालिकाको उद्धार  2075/08/02     नेपाल प्रहरीले पाँच वर्षमा नेपालका विभिन्न सीमानाका हुँदै विदेश लाँदै गरेका सात हजार २९ महिला तथा बालबालिकालाई उद्दार गरेको छ । प्रहरीले झापा, इलाम, मोरङ, उदयपुर, सङ्खुवासभा, पर्सा, सर्लाही, महोत्तरी, सिरहा, चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, दाङ, प्यूठान, बाँके, बर्दिया, जुम्ला, कैलाली, कञ्चनपुरलगायतका नाका हुँदै विदेश बेच्न लैजाँदै गरेको अवस्थामा उनीहरूलाई उद्धार गरेको हो ।      उद्धार गरिएकामध्ये तीन हजार ८९६ जना १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा तीन हजार १३३ महिला रहेका छन् । प्रहरीले मानव बेचबिखनका लागि भारत र चीन लाँदै गरेको अवस्थामा उनीहरूलाई देशका विभिन्न नाकाहरूबाट नियन्त्रणमा लिएको हो । .... विस्तृत
देशमै धेरै कर बुझाउनेमा घोराही सिमेन्ट उद्योग सम्मानित  2075/08/02     दाङको घोराही सिमेन्ट देशमै धेरै कर बुझाउने उद्योगबाट सम्मानित भएको छ । सातौं कर सप्ताहका अवसरमा शनिबार काठमाडौंमा आयोजित समारोहमा उद्योगलाई सम्मान गरिएको हो ।      सोही क्रममा अघिल्लो आर्थिक बर्ष २०७३÷०७४ मा देश भरका उद्योगी करदाता मध्य घोराही सिमेन्ट उद्योग समयमै र सबै भन्दा धेरै कर तिर्ने उद्योगका रुपमा सम्मानित भयो ।     नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व बिभाग लाजिम्पाट काठमाडौले सातौं राष्ट्रिय कर दिवसका अबसरमा घोराही उपमहानगरपालिका वडा नं. ४ गाेंग्लीमा रहेको घोराही सिमेन्ट उद्योग प्रालिलाई सम्मान गरेको हो ।.... विस्तृत
विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग 2075/07/27  निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ ।     त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन ÷अनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिनुभयो ।      अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्काे मुलुकमा गएर अहिले अध्ययन गर्न जान सक्ने अवस्था नरहे पनि अदालतको निर्देशनलाई पालना गर्न आयोगले आफ्नो स्रोत र साधनले भ्याएसम्म अध्ययन गर्ने कार्य शुरु गरिएको उहाँले बताउनुभयो ।..... विस्तृत

 

ताजा अपडेट