News Category 2081/04/24
पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता विरोधी घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग

दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
समाचार संकलनका क्रममा सप्तरीमा पत्रकारमाथि दुव्र्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
महासंघका महासचिव रोशन पुरीद्वारा बिहीबार जारि विज्ञप्तिमा सप्तरीको राजगढ गाउँपालिकामा विभिन्न माग राखी स्थानीय बासिन्दा र उक्त पालिकाका बहुमत जनप्रतिनिधिले गरिरहेका चरणवद्ध आन्दोलनको समाचार संकलनका क्रममा पत्रकारमाथि पालिका अध्यक्ष ओमप्रकाश मण्डलले गरेको दुव्र्यवहार र समाचार संकलनमा गरिएको अवरोधको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तिमा समाचार संकलनका लागि उक्त गाउँपालिका पुगेका महासंघ सप्तरीका सचिव एवं कान्तिपुर टेलिभिजनका सम्वाददाता रामनारायण विश्वास, कोषाध्यक्ष नवीनकुमार गुप्ता, सदस्य विद्यानन्द रामलगायतलाई पालिका अध्यक्ष मण्डलको प्रत्यक्ष संलग्नतामा दुव्र्यवहार र समाचार संकलनमा अवरोध गरिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “पत्रकारको परिचय दिँदादिँदै गापा अध्यक्ष मण्डलले ‘मेरो अनुमती बिना यो कार्यालय कसरी प्रवेश गरेको यो अफिसको मालिक म हो, मेरो आदेशबिना केही हुँदैन, मेरो आदेश बिना हाकिमको कार्यकक्ष किन प्रवेश गरेको’ भन्दै जंगिदै कुटपिटको प्रयाससमेत गर्नुका साथै उनका समर्थकहरुले कान्तिपुर टेलिभिजनको माइक खोसेर तीनैजना पत्रकारलाई करिब १० मिनेट थुनेर राखिएको थियो ।”
कुनै पनि सार्वजनिक विषयका समाचार र सूचनालाई नागरिक र सरोकारवाला निकायमा पु¥याउन भूमिका निर्वाह गर्ने पत्रकारलाई सघाउनुको साटो सार्वजनिक पदमा वहाल अध्यक्षजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारमाथि गरिएको यो व्यवहार अत्यन्त निन्दनीय, अशोभनीय र अमर्यादित रहेको महासंघले ठहर गरेको छ ।
सोही विज्ञप्ति मार्फत अध्यक्ष मण्डलको यस्तो हर्कतले प्रेस स्वतन्त्रतामा आघात पुग्नुका साथै प्रचलित कानुनको समेत उल्लंघन भएको महासंघको ठहर गर्दै महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
- 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
- 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
- 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
- 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ