News Category 2081/04/28
अन्तर्राष्ट्रिय युवा दिवसमा १४ हजार विरुवा रोपिए
दैनिक समाचारदाता
राजबिराज, २८ साउन ।
सप्तरीमा १४ हजार विरुवा रोपेर सोमबार २५औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाईएको छ ।
सबल नेपाल, सप्तरी युथ नेपाल एवं सप्तरी क्रिकेट संघले सप्तरीले जिल्लाभरीमा उक्त संख्यामा बिरुवा रोपेको हो ।
एक कार्यक्रमको आयोजना गरी राजविराजस्थित पव्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको प्रांगणमा संघिय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय नवल किशोर साह एवं संघिय खानेपानी तथा सरसफाइ मन्त्री प्रदिप यादवले संयुक्त रुपमा विरुवा रोपेर अभियानको उदघाटन गरे ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी मेखराज मग्राति, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्य, खानेपानी संस्थान कार्यालयका कार्यालय प्रमुख राजाराम यादव, सरसफाइ अभियनता धिरेन्द्र साह, सबल नेपालका परमेश्वर झा, शुभ नारायण भिण्डवार, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, कोषाध्यक्ष तुला माझि, सदस्य अनवर अली एवं सप्तरी युथ नेपालका मोहन यादव, विष्णु यादव लगायतका सहभागिता रहेको थियो । यस संगै राजविराजको राजदेवि माध्यमिक विद्यालय, केअ माध्यमिक विद्यालय, वस पार्क लगायतको स्थानमा समेत विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ ।
सप्तरी क्रिकेट संघले गत वैशाखमा आयोजना गरेको सप्तरी प्रिमियर लिग छैठो संस्करणको क्रिकेट प्रतियोगिता अन्र्तगत खेलाडीले हान्ने हरेक छक्कामा ५० वटा रुख रोप्ने घोषणा सबल नेपाल, सप्तरी युथ नेपाल र सप्तरी क्रिकेट संघद्धारा संयुक्त रुपमा घोषणा गरिएको थियो ।
यसै गरी युवा दिवसको अवसरमा सबल नेपालले सप्तरी जिल्लाको १८ वटै पालिकामा युएसएआइडि सिएसएम परियोजना अन्तर्गत गठन गरिएको युवा सञ्जालको नेतृत्वमा १८ वटै पालिकामा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
जस अन्र्तगत तिलाठि कोईलाडि गाँउपालिका अध्यक्ष अरुण मण्डलको सहभागितामा विभिन्न स्थानमा ३ सय ५० विरुवा, सप्तकोशि नगरपालिकाका नगरप्रमुख कृष्ण ढकालको सहभागिता तथा उपस्थितिमा ५ सय थान बिरुवा, सुरुङ्गा नगरपालिका वडा नं ३ मा वडा सचिव राजु वस्नेतको सहभागितामा ३ सय विरुवा तथा खडक नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको सहभागितामा २ सय ५० विरुवा रोपिनुको साथै अन्तरकृयात्मक कार्यक्रम समेत गरिएको छ ।
यसै गरी अन्य गाँउपालिका तथा नगरपालिकामा स्थानीय युवा सञ्जाल, क्लब, स्थानीय प्रशासन, स्थानीय युवा, महिला, वालकल्व लगायतको सक्रिय सहभागितामा विभिन्न स्थानहरुमा वृक्षारोपण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ