News Category 2081/05/19
सप्तरी काँग्रेस महिला नेतृहरुले मनाए तीज महोत्सव
दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
नेपाली काँग्रेसका महिला नेतृ तथा कार्यकर्ताले बुधबार राजविराजमा हरितालिका तीज महोत्सव मनाएको छ ।
नेपाली काँग्रेस महिला संघ सप्तरीले आयोजना गरेको हरितालिका तीज महोत्वमा प्रमुख अतिथि नेपाली काँग्रेसका मधेश प्रदेश सह–महामन्त्री विन्दु कुमारी यादवले मधेशमा महिलाहरुले तीज महोत्सव मनाउनुले संस्कृती संरक्षणमा ठूलो भूमिका निर्वाह गरेको बताईन् ।
आफ्नो घर गृहस्थीमा व्यस्त महिलाहरुको लागि यस्तो महोत्सवले खुशी भएर रमाउने दुःख पीडा विर्सने अवसर पनि प्रदान गरेको उनले भनिन् ।
विशिष्ठ अतिथि सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी एक अर्कामा खुशीको साटासाट गरेर मनाउने महोत्सवमा महिलाहरुले बोल्ने, नाच्ने, गाउने गर्नुका साथै अटल सौभाग्यका लागि गरिने तीज पर्वमा सहभागी हुनुले आफु हर्षित भएको बताईन् ।
उनले तीज माईतमा गएर मनाउने पर्व भएको भएपनि आयोजकले माईती जस्तै वातावरण बनाएर यस्तो महोत्सवको आयोजना गरेको प्रति धन्यवाद समेत दिईन् ।
यस्तै अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष कल्पना चौधरीले शुभकामना दिदै आफ्नो स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर व्रत बस्न आग्रह गरिन् ।
मधेश प्रदेशका सांसद निलम रजकको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षक मञ्जु श्रेष्ठले तीजको महत्वबारे धारणा राखेकी थिईन् ।
कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह, सचिव सनत मंडल, संगठन विभाग प्रमुख बद्री महात्मान, प्रवक्ता नन्दकिशोर यादव, शम्भुलाल देव, युवा नेता इरसाद अन्सारी, नेविसंघका सभापति राकेश ठाकुर र तिलाठी कोईलाडी गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साह र राजविराज नगरपालिकाका कार्यपालिका सदस्य ललिता कर्ण लगायतका उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ