News Category 2081/05/20
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
दैनिक समाचारदाता
राजविराज, २० भदौं ।
सप्तरीको तिरहुत गाउँपालिका ३ गोईठीमा आगलागी घटना नियन्त्रणमा सघाएका एक परिवार माथी नै आगो लगाएको आरोप लगाउँदै कुटपीट गरिएको घटना सार्वजनिक भएको छ ।
प्रहरीबाट तथा गाउँमा कतै कुनै सुनवाई नभएपछी पीडित परिवार न्याय खोज्दै अधिकारकर्मी र सञ्चारकर्मी माझ पुगेपछी घटना सार्वजनिक भएको हो ।
पीडित परिवारले घटनामा वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता रहेकाले प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गर्दा न्याय पाउन ढिलाई भएको गुनासो समेत गरेका छन ।
घटना विवरण अनुसार गोइठीस्थित कंकालिनी सहकारी संस्था लि.मा कृष्णाष्टमीका दिन आगलागी भएको थियो । स्थानीय महेन्द्र मेहताद्वारा संचालित सो सहकारी संस्थामा राती १२ बजे तिर अचानक आगलागी भएको थियो ।
सोही समय कृष्णाष्टमीको अवसर पारेर गाउँ मै आयोजना गरिएको अष्ट्याममा सहभागी भई फर्कदै गरेका सोही वडा निवासी ६८ वर्षिय बलराम मेहता र उनका ३६ वर्षिय छोरा राजकुमार पनि आगो निभाउन खटिएका थिए । आगो लागेको बारे बलरामका छोरा राजकुमारले नै प्रहरीलाई खबर गरेपछी प्रहरी र स्थानीयवासी समेत मिलेर १ घण्टाको प्रयास पछी आगो नियन्त्रणमा लिएका थिए ।
आगो निभाइएपछि प्रहरीले घट्ना मुचुल्का तयार गरी फर्के । तर, एक घण्टा पछी सहकारीका संचालक महेन्द्रका भाई विरेन्द्र (सशस्त्र प्रहरी सई) तथा दाजु जोगेन्द्र (शिक्षक) सहित आएका एक समुहले “पुरानो रिसइवी साध्न तिमीहरुले नै आगो लगाएको” भन्दै घरेलु हतियारबाट परिवार माथी नै अन्धाधुन्द आक्रमण गर्न थालेको र घाईते बनाई हिडेको पीडित मध्येका एक बलराम मेहताको भनाई छ ।
उनले कुटपीटबाट आपूmसँगै पत्नी कमलवती, छोरा राजकुमार, १० वर्षिया नातिनी पार्वतीसमेत घाईते भई उपचारका लागी धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएको बताए ।
सामान्य स्वास्थ्यलाभ पछी घर फर्केर पीडक विरुद्ध इलाका प्रहरी कार्यालय कंचनपुरमा पुगेर गत विहिबार जाहेरी दरखास्त दर्ता गराउन खोज्दा प्रहरीले दुबै पक्षलाई राखेर केही दिन पछी समस्या समाधान गर्ने भन्दै दरखास्त दर्ता नगरी फिर्ता पठाइदिएको पीडित मेहता परिवारको गुनासो छ ।
मेहता परिवारले पीडक पहुँचवाला भएकाले आपूmहरुको जाहेरी दरखास्त दर्ता गर्न प्रहरीद्वारा आलटाल गर्ने गरिएको गुनासो गरेका छन । उनी न्यायका लागी डिमन प्रहरी चौकी, ६ नं.गण सशस्त्र प्रहरी बलको कार्यालय तथा इलाका प्रहरी कार्यालय कंचनपुरसम्म न्याय खोज्दै पुगेका छन । तर, अहिलेसम्म कतैबाट न्याय पाउन नसकेको उनको भनाई छ ।
मेहता परिवारले पीडकहरुमाथी सरकारवादी फौजदारी अपराध मुद्दा अन्तर्गत कारवाही हुनुु पर्ने माग गरेका छन । यता इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी महेन्द्र नेपालले मेहता परिवारबीच पहिलेदेखी नै जग्गाको अंशको विषयलाई लिएर विवाद रहेको बताए । सोही विवाद अहिले यहाँसम्म आइपुगेको हो, उनले भने “जाहेरी दर्ता भन्दा पुर्व एक पल्ट डिमन प्रहरी चौकीमा दुबै पक्षलाई राखी समस्या समाधानको प्रयास गर्छौ, त्यहाबाट पनि समाधान ननिस्के कानुन बमोजिम अघि बढ्छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/10/22 सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
- 2081/10/22 प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
- 2081/10/22 भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा
- 2081/10/22 अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु
- 2081/10/21 जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा
- 2081/10/21 गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा आएपछी सदरमुकाम आउने बाध्यता हट्यो
- 2081/10/21 रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ
- 2081/10/21 डाका मुद्दाका फरार अभियुक्त पक्राउ
- 2081/10/20 नागरिकता चोरी भएका व्यक्तिको फोटो उपकाएर अर्कै व्यक्तिको फोटो टाँसी बैंकमा खाता संचालन गरि लाखौंको ठगी
- 2081/10/20 कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ