News Category 2081/06/20
अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री प्रदान
दैनिक समाचारदाता
राजविराज, २० असोज ।
गर्भवती तथा सुत्केरी महिलाको उपचारमा सहयोग पु¥याउने उद्देश्यले राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।
युएनएफपीएको सहयोगमा ६ हजार अमेरिकी डलर (८ लाख ५० हजार नेपाली रुपैया) मुल्य बराबरको उक्त स्वास्थ्य सामाग्रि आइतबार एक कार्यक्रमबीच नेपाल रेडक्रस सोसाईटी केन्द्र र जिल्ला शाखाको समन्वयमा उपलब्ध गराइएको हो ।
अस्पताल प्राङ्गणमा आयोजित कार्यक्रमबीच उक्त सामग्री सहायक प्रमुख जिल्ला अधिकारी जीतेन्द्र कुमार यादवले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. दिलिप कुमार साहलाई हस्तान्तरण गरेका हुन् ।
उपलब्ध गराइएका प्रजनन् स्वास्थ्य सामग्रीमा ४३ कार्टुन आइ एच किट, शल्यक्रियामा प्रयोग गरिने उपकरण तथा औषधी लगायतका उपचार सामग्री रहेको नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कार्यक्रम संयोजक नगेन्द्र अर्यालले जानकारी दिए ।
सो अवसरमा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय समितीका प्रभा न्यौपाने, करुणा विष्ट, रेडक्रस सप्तरी शाखाका अध्यक्ष जोगेन्द्र भगत, रेडक्रस राजविराज उपशाखाका अध्यक्ष बैद्यनाथ झाका साथै अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ