News Category 2081/06/23
अनुगमनमा कडाई गर्दा व्यापारी आन्दोलनमा
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
बुधबार राजविराजमा संयुक्त बजार अनुगमन टोलीले अनुगमन गर्दा व्यापारीहरु आन्दोलित भएका छन् । उनीहरु अनुगमनको बिरुद्ध प्रदर्शन समेत गरेका छन् ।
अनुगमनको नाममा आफूहरुलाई चाडपर्वको बेला पनि अनावश्यक दुःख दिन थालेको भन्दै व्यापारीहरु बजार बन्द गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले स्थानीय प्रहरी प्रशासन बिरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।
भगवती मन्दिर रोडमा रहेको गोपाल एण्ड वजरंग ट्रेर्डसमा अनुगमन टोलीले अनुगमन गर्दा खुकुरी चुरोटको बट्टामा आन्तरिक राजस्व कार्यालयको नक्कली स्टिकर टाँसिएको भेटिएपछि चुरोट नियन्त्रणमा लिएको थियो ।
प्रदर्शनमा उत्रेका व्यापारीहरुले प्रहरीकै मिलोमतोमा सीमानाकाबाट तस्करी हुने गरेको तथा ती कार्यलाई कडाई नगरि टोलीले उल्टै व्यापारीहरुलाई अनावश्यक तनाव दिने गरेको आरोप पनि लगाएका छन् ।
व्यापारीहरु बजार बन्द गरेर आन्दोलित हुन पुग्दा दशैंको बेला उपभोक्ताहरु मर्कामा परेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ