News Category 2081/10/08
चिसोले मधेशको जनजीवन कष्टकर, एकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
शीतलहर तथा बाक्लो हुस्सुका कारण बढेको चिसोले मधेशको जनजीवन कस्टकर बन्दै गएको बेला मंगलवार बिहान चिसोले कठ्याँग्रिएर सप्तरीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ का ५५ वर्षिय भुटाई साहको चिसोले मृत्यु भएको वडा कार्यालयले जनाएको छ ।
विहान ७ बजे तीर ओछ्यानबाट उठेर शौचका लागी घर बाहिर निस्के लगत्तै साह ठण्डी लागेर बेहोस भइ लडेको र उपचारका लागी स्वास्थ्य चौकी लाँदा स्वास्थ्यकर्मीले मृत घोषित गरेको वडा अध्यक्ष मुनीलाल मुखियाले बताए ।
केहि दिन यता विहानैदेखी चल्ने शितलहरले जनजीवन नराम्ररी प्रभावित भएको छ । बाक्लो हुस्सु र निरन्तर चलिरहेको सिरेटोका कारण जाडो बढ्दा स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ । विषेश गरी ग्रामिण क्षेत्रका विपन्न वस्तीमा चिसोले बढी प्रभाव पारेको छ ।
टोल टोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ । चिसोबाट अति विपन्न, मुसहर र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी मारमा परेका छन । अत्यधिक चिसोका कारण यहाँका विभिन्न अस्पतालमा विरामीको चाप समेत बढेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ