News Category 2081/10/09
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
प्रेस मञ्च नेपालका उपमहासचिव तथा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व उपाध्यक्ष समेत रहेका पत्रकार बैधनाथ यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
ठगि गरेको आरोपमा उजुरी परेपछी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ निवासी ५० वर्षिय पत्रकार यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
अघिल्लो दिन माघ ८ गते यादवलाई पक्राउ गर्न सप्तरी जिल्ला अदालतबाट अनुमति लिई खोजतलासका क्रममा बुधबार बिहान पक्राउ गरेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार उनी बिरुद्ध सोही पालिकाका भरत ठाकुरले ठगि गरेको आरोपमा उजुरी दिएपछी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
उनलाई बुधबारै ठगि तथा अपराधिक विश्वसघात कसुर मुद्दामा अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट म्याद थप्ने प्रहरीले तयारी गरेपनि अचानक प्रहरी हिरासतमा लडेपछी अदालतको साटो उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएको थियो । उनको प्रारम्भिक उपचार पछी सोही दिन साँझ थपउपचारका लागि बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरिक्षक बस्नेतले उनी निको भएपछी पुनःकानुनी प्रक्रिया अघि बढ्ने बताए ।
प्रहरीले यसअघि २०८१ पुस २२ गते सर्वसाधारणसँग रकम दोब्बर पारिदिने भन्दै रकम लिएर ठगि धन्दा चलाएको आरोपमा सोही पालिकाका हनुमानी भन्ने रामबहादुर रजकलाई पक्राउ गरेको थियो । रकम दोब्बर पारिदिने भन्दै सर्वसाधारणलाई ठगि गर्ने धन्दा रजक गिरोहले विगत १० वर्षदेखी चलाउँदै आएको प्रहरीको भनाई छ ।
पीडितको उजुरी तथा उक्त प्रकरणमा पत्रकार यादवको नाम पनि जोडिन पुगेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीको कथन छ । यसअघि रजक पक्राउ परेको भोली पल्टै प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरि रजक गिरोहबाट ठगिमा परेका अन्य पीडितलाई समेत लिखित उजुरीसहित सम्पर्कमा आउन अनुरोध गरेको थियो ।
त्यसपछी ११ जना पीडितहरु उक्त गिरोहबाट ठगिएको भन्दै प्रहरीमा उजुरी दिन आइपुगेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । अहिलेसम्म परेको उजुरीमा रजक गिरोहले सर्वसाधारणको अढाई करोड जति रकम ठगि गरेको पाइएको उनको भनाई छ ।
तीन दिनअघि जनमत पार्टीका प्रदेशसभा सदस्य शम्भु साहले मधेश प्रदेश सभामै पत्रकार यादव विरुद्ध पीडितहरुले दिन खोजेको ठगि मुद्दाको जाहेरी लिन सप्तरी प्रहरीले आलटाल गर्दै आएको प्रसङ्ग उठाउँदै सभामुख मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
पत्रकार यादवले भने आफू कुनै ठगि धन्दामा सरिक नरहेको तथा राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरेको दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/10/22 सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
- 2081/10/22 प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
- 2081/10/22 भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा
- 2081/10/22 अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु
- 2081/10/21 जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा
- 2081/10/21 गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा आएपछी सदरमुकाम आउने बाध्यता हट्यो
- 2081/10/21 रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ
- 2081/10/21 डाका मुद्दाका फरार अभियुक्त पक्राउ
- 2081/10/20 नागरिकता चोरी भएका व्यक्तिको फोटो उपकाएर अर्कै व्यक्तिको फोटो टाँसी बैंकमा खाता संचालन गरि लाखौंको ठगी
- 2081/10/20 कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ