News Category 2072/02/04
पाँच अर्वको लागतमा ४ सय केभी बिद्युत टावर निर्माण शुरु
दैनिक संवाददाता
राजविराज, ३ जेठ ।
नेपाल–भारत बीचमा ४ सय केभि विद्युत प्रसारण लाइनका लागि बिश्व बैकको पाँच अर्ब २० करोडको लागतमा फलामैस्टिल बिद्युत टावर निर्माण कार्य भइरहेको छ ।
जनकपुरको ढल्केवर बर्दिबास, सप्तरीको कंचनपुर हुँदै सुनसरीको इनरुवासम्म करिब ४ सय मिटरको दुरीमा भुकम्प रोधात्मक आठ सय बिद्युत टावर निर्माण कार्य दु्रत गतिमा भइरहेको छ ।
विश्व बैंकको आर्थिक सहयोगमा नेपाल विद्युत प्राधिकरण मार्फत ठेक्कामा एआईएल इडिया एवम एलटिबी जर्मनद्वारा संयुक्त रुपमा निर्माण भइरहेको छ । हेटौडादेखि इनरुवासम्मको करिब २ सय ८५ किलोमिटरमा टावर निर्माण गर्न ठेक्का दिए अनुसार टावर निर्माण भइरहेको नेपाल बिद्युत प्राधिकणका निर्देशक गोपाल बाबु भट्राईले जानकारी दिनुभयो ।
उक्त दुवै निर्माण कम्पनीले ३० महिना भित्र निर्माण गरिसक्ने गरि २ अप्रिल २०१३ देखि टावर बनाउने प्रोजेक्ट शुरु भएपनि ३० सेप्टेम्बर २०१५ सम्म ३० प्रतिशत अर्थात २ सय १० वटा टावर निर्माण भएको र २ सय ८५ वटा टावरको पिल्लर बनाउने काममात्र सम्पन्न भएको एआईएल कम्पनीका उपाध्यक्ष अनिल गुप्ताले बताउनुभयो ।
उपाध्यक्ष गुप्ताले समयमै प्रसारण लाइनको टावर निर्माण सम्पन्न गर्न मुख्य ठेकेदार कम्पनीले फाउण्डेसन अर्थात पिलर बनाउनका लागी १५ वटा कन्ट्याक्टर र टावर ठड्याउन ८ वटा कन्ट्याक्टर कम्पनीलाई दिएको छ । सो अवसरमा कम्पनीका प्रमुख म्यानेजर दिनेश मानचन्दाद्धारा जारी बिज्ञप्तीमा ८ सय वटै पिल्लर बनाउने स्थानको नक्साङ्कन गर्ने, जंगल क्षेत्रमा टावर निर्माण स्थानका रुखमा टाँचा लगाउने, केहि टावर बनाउने र केहि पिल्लरको फाउण्डेशन बनाउने र जगाधनीलाई मुआवजा समेत दिइएको उल्लेख गरिएको छ ।
हेटौडादेखि इनरुवा विचमा पर्ने मकवानपुर, वारा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाको जंगल क्षेत्रमा पर्ने ४ सय वटा टावर निर्माणका लागी हटाउनुपर्ने रुख वन मन्त्रालयले काटेर अहिलेसम्म नहटाएको कारण आउने २०१५ को अक्टोवर १५ तारिकसम्म काम सम्पन्न गर्न नसकिने प्रमुख म्यानेजर मानचन्दाले जानकारी दिनुभयो ।
डिए, डिबि, डिसि र डिडि गरि चार प्रकारका टावर निर्माण हुने, जसको उचाई न्युनतम ४५ मिटरदेखि अधिकतम ७० मिटरसम्म हुने, एउटा टावरले २५ वर्गमिटरदेखि ४७ वर्गमिटरसम्म ओगट्ने कम्पनीको बिज्ञप्तीमा उल्लेख छ ।
एआईएलका प्रोजेकट म्यानेजरका एस.एस चोहानले टावर निरिक्षणको क्रमममा बिद्युत टावर निर्माण अत्यन्त गुणस्तरीय भएको र हाले आएको आएको महाभुकम्पमा पनि निर्माण भएका टावरमा कुनै क्षति नभएको बताउदै यो टावर निर्माण सम्पन्न भए पछि नेपाल र भारत बिच बिद्युत आदान प्रदानमा समस्या नहुने जानकारी दिनुभयो । सो टावर निर्माणमा करिब एक हजार ब्यक्ति खटिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ