News Category 2072/02/04
पाँच अर्वको लागतमा ४ सय केभी बिद्युत टावर निर्माण शुरु
दैनिक संवाददाता
राजविराज, ३ जेठ ।
नेपाल–भारत बीचमा ४ सय केभि विद्युत प्रसारण लाइनका लागि बिश्व बैकको पाँच अर्ब २० करोडको लागतमा फलामैस्टिल बिद्युत टावर निर्माण कार्य भइरहेको छ ।
जनकपुरको ढल्केवर बर्दिबास, सप्तरीको कंचनपुर हुँदै सुनसरीको इनरुवासम्म करिब ४ सय मिटरको दुरीमा भुकम्प रोधात्मक आठ सय बिद्युत टावर निर्माण कार्य दु्रत गतिमा भइरहेको छ ।
विश्व बैंकको आर्थिक सहयोगमा नेपाल विद्युत प्राधिकरण मार्फत ठेक्कामा एआईएल इडिया एवम एलटिबी जर्मनद्वारा संयुक्त रुपमा निर्माण भइरहेको छ । हेटौडादेखि इनरुवासम्मको करिब २ सय ८५ किलोमिटरमा टावर निर्माण गर्न ठेक्का दिए अनुसार टावर निर्माण भइरहेको नेपाल बिद्युत प्राधिकणका निर्देशक गोपाल बाबु भट्राईले जानकारी दिनुभयो ।
उक्त दुवै निर्माण कम्पनीले ३० महिना भित्र निर्माण गरिसक्ने गरि २ अप्रिल २०१३ देखि टावर बनाउने प्रोजेक्ट शुरु भएपनि ३० सेप्टेम्बर २०१५ सम्म ३० प्रतिशत अर्थात २ सय १० वटा टावर निर्माण भएको र २ सय ८५ वटा टावरको पिल्लर बनाउने काममात्र सम्पन्न भएको एआईएल कम्पनीका उपाध्यक्ष अनिल गुप्ताले बताउनुभयो ।
उपाध्यक्ष गुप्ताले समयमै प्रसारण लाइनको टावर निर्माण सम्पन्न गर्न मुख्य ठेकेदार कम्पनीले फाउण्डेसन अर्थात पिलर बनाउनका लागी १५ वटा कन्ट्याक्टर र टावर ठड्याउन ८ वटा कन्ट्याक्टर कम्पनीलाई दिएको छ । सो अवसरमा कम्पनीका प्रमुख म्यानेजर दिनेश मानचन्दाद्धारा जारी बिज्ञप्तीमा ८ सय वटै पिल्लर बनाउने स्थानको नक्साङ्कन गर्ने, जंगल क्षेत्रमा टावर निर्माण स्थानका रुखमा टाँचा लगाउने, केहि टावर बनाउने र केहि पिल्लरको फाउण्डेशन बनाउने र जगाधनीलाई मुआवजा समेत दिइएको उल्लेख गरिएको छ ।
हेटौडादेखि इनरुवा विचमा पर्ने मकवानपुर, वारा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाको जंगल क्षेत्रमा पर्ने ४ सय वटा टावर निर्माणका लागी हटाउनुपर्ने रुख वन मन्त्रालयले काटेर अहिलेसम्म नहटाएको कारण आउने २०१५ को अक्टोवर १५ तारिकसम्म काम सम्पन्न गर्न नसकिने प्रमुख म्यानेजर मानचन्दाले जानकारी दिनुभयो ।
डिए, डिबि, डिसि र डिडि गरि चार प्रकारका टावर निर्माण हुने, जसको उचाई न्युनतम ४५ मिटरदेखि अधिकतम ७० मिटरसम्म हुने, एउटा टावरले २५ वर्गमिटरदेखि ४७ वर्गमिटरसम्म ओगट्ने कम्पनीको बिज्ञप्तीमा उल्लेख छ ।
एआईएलका प्रोजेकट म्यानेजरका एस.एस चोहानले टावर निरिक्षणको क्रमममा बिद्युत टावर निर्माण अत्यन्त गुणस्तरीय भएको र हाले आएको आएको महाभुकम्पमा पनि निर्माण भएका टावरमा कुनै क्षति नभएको बताउदै यो टावर निर्माण सम्पन्न भए पछि नेपाल र भारत बिच बिद्युत आदान प्रदानमा समस्या नहुने जानकारी दिनुभयो । सो टावर निर्माणमा करिब एक हजार ब्यक्ति खटिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ