News Category 2072/07/07
राष्ट्रपति उम्मेदबारको दौडमा वर्तमान राष्ट्रपति डा. यादव पनि महन्थसहित एमालेबाट झलनाथ, विद्या, सुवासचन्द्र र काँँग्रेसबाट कुलबहादुर, मानबहादुर
दैनिक संवाददाता
राजविराज, ६ कात्तिक ।
संविधानको संक्रमणकालीन व्यवस्थाअन्तर्गत मुलुकको दोस्रो राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्न रूपान्तरित संसदको बैठक आज (शनिबार) बस्दैछ ।
शनिबार अपराह्न ३ बजे बस्ने संसद बैठकमा सभामुखले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा निर्वाचन समिति गठन गर्नेछन् । समितिले संविधानको धारा २९७ को उपधारा २ बमोजिम दलहरूलाई राजनीतिक सहमतिका आधारमा साझा उम्मेदवार पेस गर्न सम्भवतः कात्तिक ८ सम्मको समय उपलब्ध गराउने गरी निर्वाचन कार्यक्रम प्रकाशित गर्नेछ ।
संसदमा भएका दलहरूबीच पछिल्लो समय देखिएको मतभेदका कारण राजनीतिक सहमतिका आधारमा राष्ट्रपति चयन हुने सम्भावना असम्भवप्रायः देखिएको छ । निर्धारित समयमा सहमति हुन नसके निर्वाचन समितिले संसदको अन्तरिम कार्यविधि तथा संविधानको धारा २९७ को उपधारा ३ बमोजिम संसदमा तत्काल कायम सम्पूर्ण सदस्यको बहुमतद्वारा राष्ट्रपति तथा उपराष्ट्रपति चयन प्रक्रिया सुरु गर्नेछ ।
निर्वाचन कार्यक्रमअनुसार कात्तिक ९ गते उम्मेदवारी दर्ता र त्यसको भोलिपल्ट उम्मेदवारको प्रचारप्रसारका लागि समय दिने तयारी भइरहेको संसद सचिवालयका एक अधिकारीले सेतोपाटीलाई जानकारी दिए ।
संसद सदस्यहरूले गोप्य मतदानका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्नुपर्ने भएकाले उम्मेदवारलाई छोटो समय भए पनि प्रचारप्रसारका लागि उपलब्ध गराइनेछ । सम्भवतः कात्तिक ११ वा १२ भित्र निर्वाचन गरिसक्ने तयारी सचिवालयको छ ।
दुईभन्दा बढी उम्मेदवार भई कसैले पनि हाल कायम सदस्य संख्या ५ सय ९७ को बहुमत अर्थात् २ सय ९९ मत प्राप्त गर्न नसके पहिलो र दोस्रो उम्मेदवारबीच पुनः मतदान गराइनेछ । त्यसपछि बहुमत प्राप्त गर्ने व्यक्ति मुलुकको दोस्रो राष्ट्रपति तथा उपराष्ट्रपति हुनेछन् ।
सत्तारुढ गठबन्धनको प्रमुख दल एमालेले पूर्वअध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष विद्या भण्डारी र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नाम अघि सारिरहेको छ । एमालेका केही नेताले भने संविधानको सफल कार्यान्वयन र मुलुकमा उत्पन्न जटिल परिस्थिति सामना गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिन राष्ट्रपति पद कांग्रेस उम्मेदवारलाई दिनुपर्ने सुझाव राखिरहेका छन् ।
कांग्रेसभित्र कतिपय नेताले वर्तमान राष्ट्रपति रामवरण यादवको चाहनाबमोजिम दोस्रो कार्यकालका लागि पुनः यादवलाई नै अघि सार्नुपर्ने अडान लिएका छन् । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले भने यादवलाई मात्र पटक–पटक अवसर दिनुभन्दा अहिलेको समयमा नयाँ अनुहार रोज्नुपर्ने अडान लिँदै आएको छ ।
यादवको विकल्पमा कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ र मानबहादुर विश्वकर्माको नाम अग्रपंक्तिमा आइरहेको छ । कतिपयले तराई–मधेसमा देखिएको समस्या समाधानका लागि थारू वा मधेसी समुदायबाट सकभर कांग्रेसकै र नभए मधेसवादी दलका तर्फबाट भए पनि राष्ट्रपतिमा पठाउनुपर्ने सुझाव राखेका छन् ।
कांग्रेसले पछिल्लो समय प्रधानमन्त्री निर्वाचनमा समर्थन जनाएको तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रस्तुत गर्ने प्रस्ताव आन्तरिक छलफलमा भएको थियो । ठाकुरले आफू उक्त पदका लागि तयार नभएको अभिव्यक्ति सार्वजनिक माध्यमबाट दिइसकेका छन् ।
सत्ता साझदार एकीकृत माओवादीले आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने माग गर्दै त्यसका लागि पार्टी नेता अमिक शेरचन वा माओवादी पूर्व लडाकु कमान्डर नन्दकिशोर पुनको नाम चर्चामा ल्याएको छ ।
प्रमुख राजनीतिक दलहरूबीच सहमति हुन नसके संसदको गोप्य मतदानमा सत्तापक्षको पल्ला भारी देखिए पनि परिणाम यसै हुन्छ भन्ने अवस्था छैन । सेतोपाटीबबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ