News Category 2070/05/12
राजमार्गमा चक्काजाम गर्न खोज्ने आधा दर्जन पक्राउ
दैनिक संवाददाता
राजविराज, ११ भदौं ।
बरिष्ठ अहेब छेदीलाल साहको खोजतलाशको माग गर्दै पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा मंगलवार विहान चक्काजाम गर्नेक्रममा प्रहरीले आधा दर्जन स्थानियहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बेपत्ता भएको एक महिना दिन बितिसक्दा पनि प्रशासनले खोजतलाशका लागि सक्रियता नदेखाएको भन्दै विहानैदेखि राजमार्गमा चक्काजाम गरेपछि प्रहरीले हस्तक्षेप गरी ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा एकिकृत नेकपा माओवादी निकट वाईसिएलका मिथिला राज्य समिति संयोजक अरुण साह, सद्भावना पार्टीका युवा नेता दिनेश यादव, स्थानिय नारायण साह, डम्बर साह, मनोजकुमार साह, नागेश्वर साह र देवनारायण साह रहेको जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याईएको छ ।
सप्तरीको खोक्सर प्रवाहा गाविस निवासी बरिष्ठ अहेबको रुपमा ताप्लेजुङ्गको महाश्रीङ इलाका स्वास्थ्य चौकीमा कार्यरत साह ताप्लेजुङ्ग सदरमुकाम फुङ्लिङ्गबाट गोष्ठी सकेर कार्यक्षेत्र फर्किने क्रममा गत असार २५ गतेदेखि बाटोबाटै बेपत्ता भएका थिए ।
साह सम्पर्कबिहीन भएको लामो समय बितिसक्दा पनि कुनै जानकारी नआएकाले आफुहरु चिन्तामा डुबेको उहाँका परिवारजनले बताएका छन् ।
यसैबीच मंगलबारै साँझ स्थानीयहरुले पक्राउ परेकाहरुलाई रिहा गर्न माग गर्दै जुलुस प्रदर्शन गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ