News Category 2070/05/13
श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धापूर्वक ‘श्रीकृष्णजन्माष्टमी’ मनाइदै
दैनिक संवाददाता
राजविराज, १२ भदौ ।
हिन्दूहरुको पावन पर्व ‘श्रीकृष्णजन्माष्टमी’ बुधबार देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाइदैछ ।
कृष्णजन्माष्टमीको अवसरमा खासगरी राजविराजस्थित कृष्ण मन्दिरमा कृष्णको जन्मोत्सव मनाउन र श्रीकृष्णको पूजा अर्चना गर्न भक्तजनको घुइचो लाग्ने गर्छ ।
यसै उपलक्ष्यमा राजविराजसहित विभिन्न गाविसमा रहेको श्रीकष्णको मन्दीरहरुमा भक्तजनहरुको ठुलो घुईचो लाग्ने गरेका छन् ।
यसैबीच कृष्णजन्माष्टमीको अवसरमा बुधबार राजविराजस्थित हनुमान मन्दीरदेखि कृष्ण मन्दीर सम्म रथयात्रा निकालिने जनाएको छ । कृष्ण रथ यात्रा समितिको आयोजनामा रथ यात्रा निकालिने भएको छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्ववापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले बुधबारको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
बुधबार मुलुकभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरु ‘ब्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृतिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौ अवतारका रुपमा जन्मनुभएका श्रीकृष्णले बुधबारीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको वताइएको छ ।
महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरुसँगको लडाईमा संलग्न पाण्डवहरु मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उहाँका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरुको पवित्र ग्रन्थ मानिन्छ ।
बाल्यकालदेखि नै आङ्खना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको विश्वास गरिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
- 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
- 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
- 2082/03/17 राजगढमा सभागृह बन्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ