News Category 2073/05/04
औद्योगिक क्षेत्रमा बिस्तारै उद्योग संचालन हुँदै
दैनिक समाचारदाता
राजविराज, ३ भदौं ।
भारतीय सहयोगमा स्थापना भएको सप्तरी जिल्लाको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको अवस्था अहिले सुधार तर्फ उन्मुख हुँदै गएको छ । जिल्ला सदरमुकाम राजविराजदेखी ३ किलो मिटर उत्तर राजविराज रुपनी सडक खण्डस्थित बसबिट्टी गाविसमा पर्ने सो औद्योगिक क्षेत्रमा अहिले पहिलेको तुलनामा केही उद्योगहरु संचालन भएको छ ।
२ सय ९४ रोपनी (साढे २२ विघा) मा फैलिएको औद्योगिक क्षेत्रको बि.सं. २०४४ सालमा शिलान्याश भएको थियो । बि.स.२०५१ सालमा भारतले औद्योगिक क्षेत्र निर्माणको कार्य पुरा गरेर सोही वर्ष नेपाललाई हस्तान्तरण गरेको थियो । त्यसबेला यसमा ९ वटा उद्योगहरु संचालनमा आएका थिए । तर पछि विभिन्न असुरक्षाको कारण तथा द्वन्द्वको कारण देखाई सबै उद्योगहरु बिस्थापित हुनथाले ।
निर्माण भएको वर्षदेखी दुई वटा उद्योगहरु संचालन हुँदै आएको यस औद्योगिक क्षेत्रमा २०६५ फागुन १ गतेबाट दिपक पोलिमर्श उद्योग बन्द भई मात्र दिपक प्लास्टिक उद्योग संचालनमा रहेको थियो । अहिले सो उद्योग पनि बन्द हुन पुगेको छ । यता मुलुकमा २०६२÷६३ को जनआन्दोलन पश्चात् आएको राजनीतिक परिवर्तनपछि पनि करिब एक दशकसम्म औद्योगिक क्षेत्र अभिभावक बिहीन भएको थियो ।
तर, गत वर्षदेखी उद्योगबिहीन रहेको औद्योगिक क्षेत्रमा एकाएक सात वटा उद्योगहरु थपिएका छन् । १० वटा उद्योगहरुका लागि सेडहरु निर्माण भएको यस औद्योगिक क्षेत्रमा हाल मिलन डेरी उद्योग, कृष्णा खाद्य उद्योग, पद्म ज्योति प्लाष्टिक उद्योग, माँ भगवती कृषि टमाटो फुड इन्डष्ट्रिज, अल नेपलीज टि एण्ड कफी उद्योग, एस एण्ड को. इन्डष्ट्रिज र माँ लक्ष्मी खाँद्य उद्योग रहेका छन् । यस मध्ये मिलन डेरी उद्योग र कृष्णा खाद्य उद्योग निरन्तर संचालनमा रहेका छन् । बाँकीहरु मौसम अनुसार संचालन हुने गरेको औद्योगिक क्षेत्रका कार्यालय प्रमुख संजय थापाले जानकारी दिनुभयो । उहाँले हाल खाली रहेको सेडहरुका लागि पनि विभिन्न उद्योगिहरुले उद्योग संचालनका लागि निरन्तर संवाद गरिरहेको उल्लेख गर्नुभयो ।
यस्तै उहाँले उद्योगहरुको सुरक्षाकालागि औद्योगिक सुरक्षा वलका लागि समेत पहल भइरहेको जानकारी दिदै भन्नुभयो, “औद्योगिक क्षेत्रमा कुनै किसिमको वाद्या, अवरोध तथा असुरक्षाको वातावरण छैन्, त्यसैले यहाँ उद्योग संचालन गर्न सबै उद्योगिहरुलाई आग्रह गर्दछु ।”
औद्योगिक क्षेत्र भित्र बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत, टेलिफोन, खानेपानी लगायत सम्पुर्ण सुविधा रहेको छ । औद्योगिक क्षेत्रमा नेपाल सरकारको तर्फबाट कार्यालय प्रमुख सहित, तीन जना प्राविधिक, एक जना लेखापाल र ५ जना कार्यालय सहयोगि गरि १० जना कर्मचारी हाल कार्यरत छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ