News Category 2082/08/17
स्थापना दिवसमा पुस्तक प्रदर्शनी
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
आफ्नो स्थापना दिवसमा साझा प्रकाशनले पुस्तक प्रदर्शनी गरेको छ । संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर बुधबारदेखी पुस्तक प्रदर्शनीको सुरु गरेको छ ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले एक कार्यक्रमबीच पुस्तक प्रदर्शनीको उद्घाटन गरेका छन् ।
सो अवसरमा उनले वैकल्पिक सूचना र प्रविधीको बढ्दो प्रयोगसँगै पुस्तक र पत्रपत्रिका जस्ता परम्परागत माध्यमका पाठक घट्नु समाज र राष्ट्रका लागी पनि चासोको विषय बन्नुपर्नेमा जोड दिए । उनले अहिलेको युगमा पुस्तक र पत्रपत्रिका किनेर पढ्ने पाठकहरुको संख्या घट्दै गएको प्रति चिन्ता समेत व्यक्त गरे । साहित्यिक संस्था साझा प्रकाशनको उत्थानका लागि आफूले पनि सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
१५ दिनसम्म चल्ने प्रदर्शनीमा साहित्य, संस्कृति, कला, इतिहास, धार्मिक ग्रन्थ, शब्दकोषसँग सम्बन्धीत २ हजार ६ सय भन्दा बढी शिर्षकका पुस्तक राखिएका छन् । एक हजार ६ सय भन्दा लेखकको कृती राखिएको प्रदर्शनी पुष १ गतेसम्म चल्ने र उक्त अवधीभर विभिन्न विद्याका पुस्तकमा २५ देखी ४० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको साझा प्रकाशनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
- 2082/10/01 योग दिवस मनाइयो
- 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ