News Category 2073/06/06
सप्तरीमा एक दिनमा झण्डै दश करोड रेमिट्यान्सबाट रकम भित्रिदै
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीको कुल जनसंख्या ६ लाख ३९ हजार मध्येबाट बैदेशिक रोजगारका लागि एक लाख बढी युवाहरु विभिन्न मुलुक गएका छन् । जसकारण मुलुकभरीमै बढी बैदेशिक रोजगारका लागि युवाहरु विदेशिने जिल्लामा सप्तरी सातौं स्थानमा पर्दछ ।
उक्त मात्रामा यहाँबाट रोजगारीका लागि विदेश गएका युवाहरुले औसत रुपमा प्रत्येक दिन रेमिट्यान्समार्फत झण्डै १० करोड रकम पठाउने गरेका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा रेमिट्यान्सको भुक्तानी दिने आईएमई, आईडियल सहकारी संस्था, प्रभु मनि ट्रान्सफर, श्रृजना फाइनान्स, एम आर हार्डवेयर, जनमूखी सहकारी संस्था, जनज्योति कृषि सहकारी संस्था, नेपाल सहकारी संस्था, ग्लोबल सहकारी संस्था लागायत तथा विभिन्न निजि तथा सरकारी बैंकहरुबाट दैनिक रुपमा ९ करोड भन्दा बढी भुक्तानी दिने गरेको श्रोतले जनाएको छ ।
त्यसैगरी सदरमुकाम वाहेक जिल्लाको भारदह, हनुमाननगर, बोदे बरसाईन, कुशहा, कल्याणपुर, रुपनी, महुली, रुपनगर, कंचनपुर र फत्तेपुर सहितका स्थानमा खुलेको विभिन्न संघ संस्था तथा बैंकले पनि दैनिक रुपमा १ करोड भन्दा बढी मासिक रुपमा भुक्तानी गर्ने गरेको सम्बद्धहरु बताएका छन् ।
विदेशमा रोजगारीका लागि युवाहरु विदेशीने क्रम एक दशक भन्दा अघिदेखि जारिरहेको र करिब एक दशकदेखि युवाहरु वैदेशिक रोजगारमा कमाएका रकमहरु नियमित रुपमा विभिन्न रेमिट्यान्स मार्फत आफन्तलाई पठाउने गरेका छन् ।
वैदेशिक रोजगारमा गएका युवाहरु आफन्तहरुले पायक पर्ने नजिकको भुक्तानी केन्द्रबाट सहज रुपमा भुक्तानी लिने गरेको र यसलाई आधार मानेर हेर्दा सप्तरी जिल्ला भरीमा मासिक एक अरब रुपैयाँ भुक्तानी आफन्तले लिने गरेको रेमिट्यान्सको भुक्तानी दिने जनमूखी सहकारी संस्था राजविराजका व्यवस्थापक राजकुमार देवले जानकारी दिनुभयो ।
विगत दश वर्षदेखि मासिक एक अरब रुपैयाँ प्राप्त भएपछि सो रकम सुन, चाँदी खरीद सँगै जग्गा खरीदमा बढी लगानी हुने गरेको छ ।
सप्तरी सदरमुकामदेखि जिल्लाको विभिन्न बजार र ग्रामिण क्षेत्रको जग्गाको मूल्य पनि यसैकारण आकाशिएको घर जग्गा खरीद बिक्रीमा संलग्न बिनोद साहले बताउदै वैदेशिक रोजगारमा गएकाहरु महंगो मूल्यमा घर, घडेरी किन्ने गरेको बताए ।
यता सप्तरीमा एभरेष्ट बैंक, ग्लोबल आइएमी बैंक, सेंचुरी बैंक, सनराइज बैंक, माछापुच्छ«े बैंक, प्रभु फाइनान्स, सिर्जना फाइनान्सÐस् लगायतले समेत सो रेमिट्यान्स सेवा संचालन गरिरहेका छन् ।
निजि क्षेत्रका बैंकहरु धमाधम खुल्न थालेपनि यहाँको रकम संचित हुने काम मात्र भइरहेको तर, लगानी गर्ने कार्यमा खासै चासो देखाइएको छैन् । कृषि क्षेत्रका लागि नेपालमै पहिलो खुलेको बैंक एभरेष्ट बैंकले भने सो क्षेत्रमा लगानी गर्ने कार्यमा कुनै ठोस पहल गरेको देखिदैन् ।
यसअघि सरकारी क्षेत्रका कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक लिमिटेड आफ्नो स्थापना कालदेखीनै सेवा सुविधा संचालन गर्दै आएको छ भने ती बैंकहरुबाट पनि रेमिट्यान्सबाट आएको रकम भुक्तानी दिने कार्यलाई अहिले संचालन गरिरहेको छ ।
सप्तरीबाट सबैभन्दा बढी (२०६२ सालदेखी ७२ सम्म) मा मलेशिया झण्डै ४० हजार बैदेशिक रोजगारका लागि गएका छन् भने कतार १४ हजार ७ सय ७, साउदी अरब ११ हजार ६ सय ५४ र दुबई ३ हजार ६ सय ५९ तथा बाँकी अन्य मुलुक गएको बैदेशिक रोजगार सम्बन्धी सचेतना कार्यक्रम चलाउँदै आएको सबल नेपालका कार्यक्रम संयोजक अशोक साहले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
- 2082/05/08 चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ