News Category 2076/01/07
हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
वीरगंज÷गत चैत १७ गते आएको विनाशकारी हावाहुरीबाट बाराको फेटा गाउँपालिका वडा नम्बर ३ र ६ को पुरैनिया, फुलवरीया लगायतका स्थानमा प्रभावित परिवारलाई अहमदिया संघ नेपालले राहत वितरण गरेको छ ।
पुरैनिया, भरवलीया टोलमै पुगेर प्रभावित तीन सय परिवारलाई कुर्ता, सलवार, शौल लगायतका कपडाहरु वितरण गरेको छ ।
हावाहुरीबाट प्रभावित मोबारक अंसारी, मोजामिल मियाँ, इजहार मियाँ, रियाजुल अंसारी, नुरुल होदा अंसारी, इन्ताज अंसारी, खैराती मिया, जैनोदिन मिया ठकुराई, मिरुल होदा अंसारी, फजिल मियां, फैमाज हवारी, सकुर हवारी, रिजवान अंसारी, किरानी मिया लगायतका परिवारलाई वडा कार्यालयबाट बनाएको कार्डको आधारमा कपडा वितरण गरिएको हो ।
फेटा गाउँपालिकाको वडा नं ६ का अध्यक्ष जाकिर हुसेन मियाँको विशेष उपस्थितिमा गरिएको कपडा वितरण कार्यक्रममा अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा, अहम्दिया युवा संघका अध्यक्ष समिन अहमद, अहम्दिया संघ वीरगंजका सदस्य हैदर अलि, युवा संघका इजरायल अहमद लगायत अहमदिया संघका सदस्यहरूको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ