News Category 2071/05/17
खडेरी र बेरोजगारीका कारण सप्तरीका युवा बिदेशिने क्रम बढ्दै डेढ महिनाको अवधीमा ३ हजार ३ सय ३० आवेदन
शुभ नारायण यादव
राजविराज, १६ भदौ ।
बढ्दो बेरोजगारी तथा खडेरीका कारण सप्तरीका युवा बिदेशिने क्रम दिन प्रतिदिन बढदै गएको छ ।
चालु आर्थिक वर्षको साउन महिनादेखि भदौको १५ सम्ममा सप्तरीबाट ३ हजार ३ सय ३० जना युवाहरुले राहदानीको लागि आवेदन दिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको खडेरीको प्रवल सम्भावना रहेकाले तथा धान रोपाई सम्पन्न भएपछि यहाँका युवाहरु रोजगारका लागि बिदेश जाने क्रम दिन प्रतिदिन बढ्दै गएको प्रशासन कार्यालयका राहदानी फाँटका नायब सुब्बा तोम प्रसाद दाहालले जानकारी दिनुभयो ।
जिल्लाबाट प्रत्येक बर्ष रोजगारीका लागि करिब २० हजारको संख्यामा युवाहरु विदेशिने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै आर्थिक वर्ष २०६९ साल साउन १ गतेदेखी २०७० साल असार ३१ गतेसम्म १९ हजार ९ सय ५८ जनाले राहदानी (एमआरपी) का लागि आवेदन दिएको राहदानी फाँटका नायब सुब्बा दाहालले जानकारी दिनुभयो ।
जस मध्ये द्रुत सेवाबाट राहदानी लिनेको संख्या ६ हजार २ सय ८३ र साधारण सेवाबाट राहदानी लिनेको संख्या १३ हजार ६ सय ७५ रहेको उहाँको भनाई छ ।
सुब्बा दाहालले राहदानी दिनेको संख्या दैनिक १ सय देखी १ सय ५० जनाको हाराहारीमा रहेको बताउँदै १८ देखी ४० वर्षसम्मका युवाहरुले राहदानी बनाउन आवेदन दिने गरेपनि बढी १८ सम्मका यूवाहरु रहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ