News Category 2078/11/14
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण
राजबिराज÷नेपाल क्रिकेट फाउन्डेसन र सप्तरी क्रिकेट संघको आयोजनामा मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई बेलायत प्रशिक्षकद्वारा दुई दिने प्रशिक्षण दिइएको छ ।
शुक्रवारदेखी राजबिराजस्थित पबि माबि खेल मैदानमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका महिला र पुरूष सम्मलित २५ जना क्रिकेट कोचलाई बेलायती कोचद्वारा प्रशिक्षण दिइएको हो ।
मधेश प्रदेशमा कोचहरूको उत्पादन तथा उनीहरूको क्षमता अभिबृद्विका लागि र दक्ष खेलाडी उत्पादनमा टेवा पुग्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम गरेको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।
सो तालिममा बेलायतस्थित ईंग्लयान्ड क्रिकेट बोर्डको लेवल थ्रि कोच लिबुथ र सारा बेगका साथै बेलायतको लर्डस्थित मारलिब्रोनका निर्देशक एगंगुस बेरीले प्रशिक्षित गरेका थिए ।
जिल्लामा पुरूष र महिलाहरूलाई क्रिकेटप्रति उत्प्रेरणा जगाउन तथा खेलमा सहभागिता जनाउनुका लागि र जिल्ला कोचको उत्पादन र क्षमता अभिबृद्विका तथा खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रशिक्षित गरेको क्रिकेट संघका सचिव चन्दनकुमार यादबले बताए ।
नेपाल क्रिकेट फाउन्डेशनका कार्यकारी निर्देशक अभिशेक श्रेष्ठ र बोर्डका सदस्य बिना झाको उपस्थितिमा प्रशिक्षण दिइएको हो ।
यस अघि फागुन ८ गते देखि १२ सम्म मधेश प्रदेश का ३५ जना महिला खेलाडीहरूलाई समेत प्रशिक्षण सम्पन्न गरेको फाउन्डेशनका निर्देशक अभिषेक श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ