News Category 2071/06/05
सगरमाथा साहित्य परिषद्को अधिवेशन ११ गते
राजविराज÷सगरमाथा साहित्य परिषद्को शनिबार सम्पन्न बैठकले आगामी असोज ११ गते शनिबार साधारण सभा गर्ने गरकेो छ ।
गठित तदर्थ समितिका संयोजक मनोहर पोखरेलको अध्यक्षता एवं पूर्व अध्यक्ष अनिल कुमार अनलको प्रमुख आतिथ्यतामा बसेको वैठकले सो निर्णय गर्दै असोज १० गतेभित्र सदस्यता वितरण र नवीकरण गर्ने समेत निर्णय गरेको सदस्य नन्दलाल आचार्यले जानकारी दिनुभयो ।
सोही वैठकले गत भदौ ७ गते सम्पन्न १४९ औं मोती जयन्तिको समिक्षा गर्नुका साथै एक महिनाको अवधिमा परिषद्ले गरेका गतिविधिका बारेमा जानकारी आदान–प्रदान गरेको थियो ।
वैठकमा निवर्तमान अध्यक्ष बैद्यनाथ झा, शिवकान्त सुमन, अरविन्द कुमार यादवसहितको उपस्थिति रहेको थियो ।
जिल्ला विकास समितिको प्राङ्गणमा गत साउन ३१ गते सम्पन्न भेलाले परिषद्को ११ सदस्यीय तदर्थ समिति गठन गर्दै साधारण सभा गर्ने जिम्मेवारी दिएको थियो ।
बैठकमा समयसामयिक साहित्यिक अवस्थाको बारेमा चर्चा गर्दै संगठन विस्तार, सुदृढीकरण, संस्थागत विकास लगायतका विषयमा छलफल भएको थियो ।
नेपाली साहित्य, कला तथा संस्कृतिको महत्ता अभिबृद्धि गर्ने उद्देश्यका साथ २०४४ साल कात्तिक २५ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा दर्ता ऐन २०३४ बमोजिम स्थापित सगरमाथा साहित्य परिषद्ले साहित्यकारहरुको जयन्ति, विभिन्न दिवस तथा अवसर पारेर साहित्यिक कार्यक्रम गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
- 2082/10/13 विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण
- 2082/10/13 नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
- 2082/10/13 रहेनन् पुराना काँग्रेसी भरत
- 2082/10/11 सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ