News Category 2078/12/08
लागुऔषधसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
सप्तरीको कंचनरुप नगरपालिका क्षेत्रबाट प्रहरीले एक यूवकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका १ निवासी ३६ वर्षिय श्यामकुमार कार्की छन् ।
सोमबार साँझ कंचनरुप नगरपालिका ७ बलुवा चौकमा चेकजाच गर्ने क्रममा प्रहरीले उनले बोकेको कालो झोलाबाट लागुऔषध बरामद गरेको थियो ।
पक्राउ परेका कार्कीका साथबाट ४५ थान डाइजेपाम, ४७ थान प्रोमेथाजाईन, ४४ थान लेगेसिक, २ थान सिरिन्ज, एक थान प्रयोग भएको सिरिन्ज, ३ थान फुटेको डाइजेपाम, ३ थान फुटेको प्रोमेथाजाइन र ३ पिस फुटेको लेगेसिक बरामद भएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको कार्कीमाथी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ