News Category 2078/12/13
मुख्य निर्वाचन अधिकृतसहित सप्तरीको सबै स्थानिय तहमा निर्वाचन अधिकृत तोकिए
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ ।
सप्तरीको १८ वटै स्थानिय तहका लागि सप्तरी जिल्ला अदालतका न्यायाधिश चन्द्रमणि ज्ञवालीलाई मुख्य निर्वाचन अधिकृतका साथै राजविराज नगरपालिकाको निर्वाचन अधिकृत समेत तोकिएको छ ।
यस्तै अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा मेघनाथ चापागाई, कंचनरुप नगरपालिकामा हिमालय बराल, खडक नगरपालिकामा मोहम्मद मुन्ना, छिन्नमस्ता गाउँपालिकामा सुर्यराज घिमिरे, डाक्नेश्वरी नगरपालिकामा शम्भूनाथ मगर, तिरहुत गाउँपालिकामा अमित उप्रेती, तिलाठी कोइलाडी गाउँपालिकामा मोना सिंह, राजगढ गाउँपालिकामा धर्मेन्द्र प्रसाद धमला, बोदेबरसाईन नगरपालिकामा पुरुषोत्तम खतिवडा, महादेवा गाउँपालिकामा युवराज पोखरेल, रुपनी गाउँपालिकामा कुमार मास्के, बलान–बिहुल गाउँपालिकामा सूर्य प्रसाद सापकोटा, विष्णुपुर गाउँपालिकामा प्रकाश प्रसाद पोखरेल, शम्भुनाथ नगरपालिकामा उज्जवल न्यौपाने, सप्तकोशी नगरपालिकामा विष्णु प्रसाद निरौला, सुरुङ्गा नगरपालिकामा इश्वर प्रसाद काफ्ले र हनुमाननगर कंकालिनी नगरपालिकामा माधव प्रसाद दाहाललाई तोकिएको छ ।
उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिएको जनाइएको छ ।
स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ