News Category 2078/12/18
दुई कर्मचारीले दुई जिल्ला धान्दै

दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय लामो समयदेखी दुई कर्मचारीको भरमा संचालन हुँदै आएको छ । सो कार्यालयले उपभोक्ताको हीतका लागि बजार अनुगमनदेखी अन्य दैनिकी कार्य समेत सम्पादन गर्छ ।
दुई जना कर्मचारीको भरमा संचालन हुँदै आएको यस कार्यालयले दुई जिल्ला पनि हेर्छ । संघिय सरकारको मातहतमा रहेको उक्त कार्यालय २०७५ असोज ११ गते देखी राजविराजमा स्थापना भएको हो ।
उपभोक्ताको हितमा खाद्य वस्तुको विक्रीवितरण, गुणस्तर, म्याद भए नभएको, पसल उधोग दर्ता, नविकरण तथा सचेतना लगायतका क्षेत्रमा अनुगमन र गतिविधी संचालन गर्दै आएको कार्यालयले सप्तरी र सिरहा जिल्ला हेर्दै आएको छ ।
दुई जिल्लाको बजार अनुगमन गर्ने जिम्मेवारी पाएको यस कार्यालयमा कर्मचारी र चार पाङग्रे सवारी साधन छैन् । जसको अभावले निकै समस्या भोग्नु परिरहेको कार्यालय प्रमुख सुरेश सिहको भनाई छ ।
दुई जिल्ला हेर्ने उक्त कार्यालयमा अहिले एक जना प्रमुख र एक जना कार्यालय सहयोगी मात्र छन् । प्रमुख सिंहका अनुसार कार्यालयमा एक जना खाद्य अनुसन्धान अधिकृत, दुई जना प्राविधीक सहायक र एक जना कार्यालय सहयोगीको दरबन्दी रहेपनि प्राविधीक सहायकको दुबै पद रिक्त रहेको छ । एउटा मोटरसाईकलको भरमा दुई जिल्लाका बजार अनुगमन गर्नू पर्दा समस्या हुने गरेको उनको भनाई छ ।
यस्तै बजार अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तुहरुको परिक्षणका लागी नमुना संकलन गर्न ल्याउन खोज्दा मोटरसाईकलमा सम्भव नहुँदा भाडाका चार पाङ्ग्रे सवारीमा ल्याउदा चर्काे मुल्य तिर्नुपर्ने बाध्यता रहेको प्रमुख सिंहले बताए ।
उनले कर्मचारी अभाव बारे सम्बन्धित मन्त्रालयमा पहल थालेको र रिक्त दरबन्दी चाडै प्रक्रिया पुरा गरी पुर्ती गरिने आश्वाशन पाएको बताए ।
आर्थिक वर्ष २०७८÷०८९ को हाल सम्मको अवधीमा उक्त कार्यालयले सप्तरी र सिरहाका ग्रामिण र शहरी क्षेत्रका बजारमा ५२ पटक बजार अनुगमन तथा सोही अवधीमा होटलहरुमा ४४, हाट बजारमा ४ र संयुक्त बजार अनुगमन समिती मार्फत १८ पटक बजार अनुगमन गरिसकेको प्रमुख सिंहले जानकारी दिए ।
त्यस्तै सोही अवधीमा जिल्लाका ५१ वटा उधोगहरुको अनुगमन समेत गरिसकेका सो कार्यालयले उपभोक्ता, उत्पादककर्ता र विक्रेताको सहभागितामा खाद्य स्वच्छता सम्बन्धि १७ वटा सचेतनामुलक कार्यक्रम समेत संचालन भइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ