News Category 2078/12/21

६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल बाहेक सप्तरीमा अन्य २८ वटा दल दर्ता

दैनिक समाचारदाता

६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल बाहेक सप्तरीमा अन्य २८ वटा दल दर्ता

दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
    स्थानिय तह निर्वाचनको मिति तोकिएसँगै अहिले मुलुकको राजनीतिक माहौल तातिदै गएको छ । स्थानिय तह निर्वाचनको आगामी बैशाख ३० गते मिति तोकिएको छ । 
    निर्वाचनको मिति जति–जति नजिकिदै गएको छ, त्यती त्यती सप्तरीमा राजनीतिक गतिविधी समेत बढ्दै गएको छ ।  
     जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जिल्लामा ६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल बाहेक २८ वटा अन्य दलले निर्वाचन कार्यालय सप्तरीमा दर्ता भएको जानकारी दिएका छन् । 
    उनका अनुसार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा मओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाहेक जनमत पार्टी, उनन्त लोकतन्त्र पार्टी, नेपाली काँग्रेस (वि.पी), राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल परिवार दल, तराई– मधेश लोकतान्त्रिक पार्टी, मंगोल नेशनल अर्गनाइजेसन पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, पिछडावर्ग निषाद दलित जनजाती पार्टी, वहुजन समाज पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेपाल विवेवशील पार्टी, राष्ट्रिय सदभवना पार्टी, नेपाल जनता पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सदभावना पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवाद –लेनिनवादी, बहुजन एकता पार्टी नेपाल, बहुजन शक्ति पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी नेपाल, सामाजिक एकता पार्टी र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)ले दल दर्ता गराएका छन् । 
    उक्त निर्वाचनका लागि सप्तरीमा ५ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ भने २ सय ९७ मतदानस्थल कायम गरिएको छ । यस पटकको निर्वाचनमा जिल्लामा २ लाख १३ हजार ८ सय ९२ पुरुष, १ लाख ९८ हजार ५ सय ३२ महिला र अन्य २१ गरि कुल मतदाता संख्या ४ लाख १२ हजार ४ सय ४५ रहेको छ । 
    जिल्लामा सबै भन्दा बढी राजविराज नगरपालिकामा २१ हजार १ सय ७० पुरुष, १८ हजार ५ सय २० महिला र २ अन्य गरि ३९ हजार ६ सय ९२ मतदाता छन् भने सबैभन्दा कम बलानबिहुल गाउँपालिकामा ७ हजार ६ सय २० पुरुष र ६ हजार ७ सय ९८ महिला गरि १४ हजार ४ सय १८ मतदाता छन् । 
    त्यस्तै अग्निसाइर कृष्णासवरण गाउँपालिकामा ९ हजार ३ सय १० पुरुष, ९ हजार ६ सय २३ महिलार ४ अन्य गरि १९ हजार ९ सय ३७, कंचनरुप नगरपालिकामा १७ हजार ८ सय ७२ पुरुष, १७ हजार ४ सय ३३ महिला र ४ अन्य गरि ३५ हजार ३ सय ९, सडक नगरपालिकामा १५ हजार ३ सय ९ पुरुष, १५ हजार ७ सय २३ महिला र ४ अन्य गरि ३१ हजार ३६, छिन्नमस्ता गाउँपालिकामा ९ हजार ५ सय ८१ पुरुष र ८ हजार १ सय ७६ महिला गरि १७ हजार ७ सय ५७, डाक्नेश्वरी नगरपालिकामा १५ हजार २३ पुरुष र १३ हजार ४ सय १२ महिला गरि २८ हजार ४ सय ३५, तिरहुत गाउँपालिकामा ७ हजार ७ सय ४० पुरुष र ६ हजार ९ सय १४ महिला गरि १४ हजार ६ सय ५४ मतदाता रहेका छन् । 
    त्यस्तै तिलाठी कोइलाडी गाउँपालिकामा १० हजार ५ सय ५१ पुरुष र ९ हजार ९० महिला गरि १९ हजार ६ सय ४१, बोदे बरसाइन नगरपालिकामा १द्ध हजार ३ सय ९९ पुरुष र १३ हजार २ सय ५६ महिला गरि २७ हजार ६ सय ५५, महादेवा गाउँपालिकामा ८ हजार ९ सय ३६ पुरुष र ७ हजार ९ सय १४ महिला गरि १६ हजार ८ सय ५०, राजगढ गाउँपालिकामा ९ हजार ९ सय १६ पुरुष र ८ हजार ६ सय ४४ महिला गरि १८ हजार ५ सय ६०, रुपनी गाउँपालिकामा ९ हजार ४ सय ८५ पुरुष, ८ हजार ६ सय ७९ महिला र एक अन्य गरि १८ हजार १ सय ६५, विष्णुपुर गाउँपालिकामा ८ हजार ८५ पुरुष, ६ हजार ९ सय ८१ महिला र एक अन्य गरि १५ हजार ६७, शम्भुनाथ नगरपालिकामा ११ हजार ८ सय ४९ पुरुष, १२ हजार १० महिला र ४ अन्य गरि २३ हजार ८ सय ६३, सप्तकोशी नगरपालिकामा ७ हजार ६ सय ५९ पुरुष र ७ हजार ८ सय २ महिला गरि १५ हजार ४ सय ६१, सुरुङ्गा नगरपालिकामा १४ हजार ५ सय ४९ पुरुष, १४ हजार ९ सय ६० महिला र एक अन्य गरि २९ हजार ५ सय १० तथा हनुमाननगर कंकालिनी नगरपालिकामा १४ हजार ८ सय ३८ पुरुष र १२ हजार ५ सय ९७ महिला गरि २७ हजार ४ सय ३५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
    एक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र एक जना कार्यालय सहयोगिसहित करिब दुई हजार ७ सय कर्मचारी खटिने कार्यालय प्रमुख जोशीले जानकारी दिए । 
    यस्तै जिल्लामा निर्वाचनको सुरक्षाका लागि २ हजार ४९ नेपाल प्रहरी तथा २ हजार ९ सय ४८ म्यादी प्रहरी परिचालन हुने प्रहरी उपरिक्षक अविनारायण काफ्लेले जानकारी दिए । यस बाहेक सशस्त्र प्रहरी र नेपाली सेना पनि सुरक्षाप्रबन्धमा सघाउने उनको भनाई छ ।  
    जिल्लाका ५ सय ३६ वटा मतदान केन्द्रलाई सामान्य, संवेदनशिल र अतिसंवेदनशिल गरि तीन तहमा विभाजन गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट