News Category 2078/12/29
फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
सवारी ज्यान मुद्दामा फरार एक प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका ८ का २४ वर्षिय संजय कुमार ठाकुर छन् ।
प्रहरीका अनुसार २०७३ साल असोज ८ गते ठाकुरले चलाएको स.३प. ३२२७ नं.को मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका सोही वडा निवासी ६१ वर्षिय विष्णुदेव पासवानको घटनाको तीन दिनपछि उपचारका क्रममा मृत्यु भएको थियो ।
मृतककी पत्नी रेवियादेवीको जाहेरीले ठाकुर उपर सवारी ज्यान मुद्दा चलाइएकोमा २०७५ मंसिर ८ गते सप्तरी जिल्ला अदालतले २ वर्ष कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो ।
उक्त घटनापछि फरार भएका ठाकुरलाई मंगलबार घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
ठाकुरलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद भुक्तानका लागि मंगलबार नै राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ