News Category 2079/01/06
कुटपिट मुद्दामा १८ वर्षपछि फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
कुटपिट मुद्दामा कैद सजाय पाएर १८ वर्षदेखी फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका ३ निवासी ५२ वर्षिय हरिनारायण साह हलुवाई छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बौजन खंग खत्वेको जाहेरीले साविकको नर्घो गाबिस वडा नं. ८ हाल राजगढ गाउँपालिका ३ निवासी हलुवाई कुटपिटमाथी कुटपिट मुद्दा दायर गरिएको थियो । अदालतको फैसला आएपछि उनी फरार भएका थिए ।
हलुवाईलाई सप्तरी जिल्ला अदालतद्वारा २०६० साल मंसिर २५ गतेको फैसलाले ६ महिना कैद र २ हजार जरिवाना तोकिएको थियो ।
खोजतलासकै क्रममा मंगलबार गाउँ घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरि जिल्ला अदालतमा उपस्थित गराउदा आदेशानुसार कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ