News Category 2079/01/10
एमालेका प्रदेश समिति सदस्य मो. इस्लाम माओवादी केन्द्रमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य मो. इस्लाम मियाँ शनिबार एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।
राजविराजमा शनिबार आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी ईञ्चार्ज अशोक कुमार मण्डल, केन्द्रीय सदस्य असर्फि सदा लगायतका नेताहरुले माला र टिका लगाएर ईस्लाम मियाँलाई पार्टी प्रबेश गराएका हुन् ।
मियाँ गत २०७४ सालको स्थानीय तह निर्वाचनमा बोदे बर्साइन नगरपालिकाको मेयर पदमा चुनाब लडेका थिए भने अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि क्षेत्र नम्वर ४ मा एमालेबाट उम्मेदवार बनेका थिए ।
पार्टी प्रबेश गरेसँगै माओवादी केन्द्रले मियाँलाई बोदे बर्साइन नगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
पार्टी प्रबेश कार्यक्रममा माओवादी केन्द्रका मधेश प्रदेश समिति सदस्यहरू महेश कुमार यादव, भागवत यादव, छेदी रजक विमल, जिल्ला समिति सदस्य दिलिपकुमार यादव लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ