News Category 2079/01/25
घर अगाडी पार्किङ गरि राखिएको बस चोरी
दैनिक समाचारदाता
राजविराज, २५ बैशाख ।
राजविराज नगरपालिका वडा नं. ८ स्थित एक घर अगाडी पार्किङ गरि राखिएको अवस्था बस चोरी भएको छ ।
साइकल र मोटरसाइकल चोरीको घटना हुने गरेपनि बस चोरीको घटना भने सम्भव त जिल्लामा पहिलो पटक भएको छ ।
राजविराज नगरपालिका ८ निवासी प्रदिप कुमार जैनले घर अगाडी पार्किङ गरि राखेको ना.५ख. ४६८५ नम्बरको लक्ष्मी–गणेश ट्राभल्स नामक बस शनिबार राती चोरी भएको हो ।
राजविराज–काकडभिट्टा रुटमा चल्ने ४० सीट भएको उक्त बस शनिबार राती ११ बजेतिर चोरी भएको बसधनी जैनले बताए ।
आइतबार बिहान घरबाट केही टाढा रहेको अशोक यादवको पसलमा जडान गरिएको सीसी क्यामराको फुटेजले ११ बजेर ८ मिनेटमा उक्त बस रुपनी मार्गतर्फ गइरहेको देखाएको छ । यद्दपी चोरी गरि लाने चालकको अनुहार सीसी क्यामरामा कैद हुन सकेको छैन् ।
यस्तै उक्त बस राती ११ बजेर ३४ मिनेटमा रुपनी हुँदै लहानतर्फ गइरहेको इलाका प्रहरी कार्यालय रुपनीको सीसी क्यामरा फुटेजले देखाएको छ ।
चोरी भएका बस विभिन्न नाकामा सीसी क्यामरामा देखिएपनि चोर र बस अहिलेसम्म पत्ता नलाग्नु अचम्मको विषय भएको सवारीधनी जैनको भनाई छ । सीसी क्यामरा फुटेजको आधारमा चोर र बसको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ