News Category 2079/03/14
सुशासन तथा जनमैत्री प्रशासनका लागि सूचनाको हक महत्वपूर्ण

दैनिक समाचारदाता
राजविराज, १४ असार ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले दूरदर्शिता, जबाफदेहिता, जनमैत्री शासन एवं सुशासनका लागि सूचनाको हकको पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।
मंगलवार राजबिराजमा आमसंचार प्राधिकरणद्वारा ५ दिने पत्रकारिता तालिमको समापन कार्यक्रमममा बोल्दै मन्त्री साहले सूचनाको हक प्रवद्र्धनमा मधेश प्रदेश सरकार र स्थानीय तहले सूचनाको हक कार्यान्वयन गर्नबाट कोही पनि भाग्न नमिल्ने बताउँदै यसको कार्यान्वयनका लागि प्रदेश सरकार तयार रहेको उल्लेख गरे ।
उनले प्रमुख शासक सुशासन स्थापनाका लागि ईमान्दार नभएसम्म मुलुकमा सुशासन कायम गर्न कठिन हुने बताउँदै सुशासन स्थापनाका लागि आर टी आई अभियानीहरुले निष्पक्ष रुपमा सूचनाको माग एवं सार्वजनिकीकरण गर्नुपर्ने धारणा राखे ।
मन्त्री साहले मधेश प्रदेश सरकारको रेडबुकमा परेको कामकाज कर्मचारीहरूले विभिन्न बहानामा गर्न नचाहेको बताउँदै त्यसका लागि सूचना अभियानीहरुले ध्यान दिनुपर्ने धारणा राखे ।
यसैगरी मधेश प्रदेशकी सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्णले निष्पक्ष पत्रकारिता अहिलेको आवश्यकता रहेकोले दलिय स्वार्थभन्दा माथि उठेर स्वतन्त्रतापूर्वक कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरिन् ।
मुलुकमा आएका परिवर्तनहरुमा सञ्चारकर्मीको ठुलो योगदान रहेको स्मरण गर्दै राज्यमन्त्री कर्णले राजनीतिक आस्था र विचारलाई थाति राखेर कलम चलाउन सके मात्र देश र जनताले राहत पाउने स्पष्ट गरिन ।
कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले अनलाइन पत्रकारितालाई व्यवस्थित र प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको बताए ।
अध्यक्ष यादवकै अध्यक्षतामा समापन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, प्रशिक्षक सुरेन्द्र गुप्ता, अबधेश झा, लगायतले मन्तव्य दिएका थिए ।
प्राधिकरणका सदस्य प्रतिमा साहद्वारा संचालित कार्यक्रममा प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंह लगायत विभिन्न संचारकर्मिहरूको उपस्थिति रहेको थियो । सम्पन्न तालिममा प्रदेशका विभिन्न जिल्ला गरी २७ जना सहभागी रहेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ