News Category 2079/03/20
प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित
दैनिक समाचारदाता
राजविराज, २० असार ।
प्रथम राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता अन्तरगत सोमबार भएको उद्घाटन खेलमा सप्तरी पराजित भएको छ ।
सोमबारदेखी राजविराजमा सुरु भएको उक्त प्रतियोगितामा सुनसरीले सप्तरीलाई पराजित गरेको हो ।
राजविराज ८ स्थित राधाकृष्ण मन्दिरको प्राङ्गणमा सुरु भएको उद्घाटन खेलमा सुनसरीले सप्तरीलाई ४३–४२ को झिनो अन्तरले हराएको हो ।
जिल्ला कबड्डी संघको आयोजना तथा अखिल नेपाल कबड्डी संघको समनवयमा सुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख भिमराज यादवले उद्घाटन गरे ।
उद्घाटन गर्दै प्रमुख यादवले यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकास मात्र नभई खेलाडीको विकासका लागि समेत टेवा पुग्ने बताए । उनले खेलकुदको विकासका लागि आफूले साधनश्रोतले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
प्रतियोगितामा घरेलु टोली सप्तरीका साथै सुनसरी, झापा, मोरङ, उदयपुर, धनुषा लगायत ६ टिमको सहभागिता रहेको अखिल नेपाल कबड्डी संघका कोषाध्यक्ष समेत रहेका प्रतियोगिता मुल आयोजन तथा व्यवस्थापन समितिका संयोजक अरबिन्द झाले जानकारी दिए ।
जिल्ला कबड्डी संघका अध्यक्ष धिरेन्द्र बर्माले प्रतियोगिता असार २२ गते सम्म चल्ने जानकारी दिदै प्रतियोगिताका बिजेता र उपबिजेताले नगद र ट्रफि पाउने तथा विभिन्न विद्यामा समेत उत्कृष्ठ खेलाडीले पुरस्कार पाउने जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ