News Category 2079/06/04
डुबेर वेपत्ता भएका युवकको शव फेला
दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
विश्वकर्मा बाबाको मूर्ती सेलाउने क्रममा डुबेर वेपत्ता भएका एक युवकको मृत शरीर मंगलबार फेला परेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका ६ स्थित नहर किनारमा पहिचान खुल्न नसकेका अन्दाजी २५÷२६ वर्षिय यूवकको मृत शरीर फेला परेको प्रहरीले जनाएको छ । नहर किनारमा उतानो परेको अवस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
मूर्ती सेलाउने क्रममा आइतबार नहरले बगाएको ती अपरिचित यूवकको सोही दिन प्रहरीले व्यापक खोजतलास गरेको थियो । तर, सो दिन फेला नपरेका उनको मृत शरीर भने मंगलबार घटनास्थलबाट दुईसय मिटर टाढा फेला परेको प्रहरी जनाएको छ ।
पहिचान खुल्न नसकेका ती व्यक्ति को हुन र कहाबाट आई मूर्ती सेलाउने कार्यमा सहभागि भए भन्ने विषय बारे पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याई घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ