News Category 2079/08/02
१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा
दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा सप्तरीको ४ वटा प्रतिनिधि र ८ वटा प्रदेशसभा सीटका लागि १ सय ७६ जनाले चुनावी प्रतिस्पर्धा गर्दै छन् ।
असोज २३ गते परेको १ सय ८१ जनाको उम्मेदवारी मध्ये पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि उक्त संख्याका उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
पाँच जनाले उम्मेदवारी फिर्ता लिए सँगै अब सप्तरीमा २० महिलासहित १ सय ७६ जना उम्मेदवार चुनावी प्रतिष्पर्धा गर्ने भएका हुन् ।
जिल्लामा ४ प्रतिनिधीसभाका लागी ६९ र ८ प्रदेशसभा सदस्य पदका लागी १ सय ७ जना चुनावी प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जस मध्ये विभिन्न दलबाट १३ जना र स्वतन्त्र ७ गरी २० महिला पनि चुनावी प्रतिस्पर्धामा छन् ।
मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागी जिल्लामा ५ सय ३६ मतदान केन्द्र निर्धारण गरिएको छ भने कुल मतदाता संख्या ४ लाख १८ हजार ३ सय ७४ छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ