News Category 2079/08/21
विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
सप्तरीको विष्णुपुर गाउँपालिकाकाले बजेटको ठुलो भाग बजेटको ठुलो भाग कृषि र शिक्षामा क्षेत्रमा छुट्याएको छ ।
गाउँपालिकाले यस वर्ष कृषि र शिक्षा क्षेत्रलाई उच्च प्राथमिक्तामा राखी बजेटको ठुलो भाग कृषि विद्युतीकरण विस्तार तथा शैक्षिक सुधार शिर्षकमा विनियोजन गरेको हो ।
गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले सिंचाई अभावले समस्या भोगिरहेका किसानलाई राहत उपलब्ध गराउन यस पल्ट कृषि सिंचाई विधुतीकरण योजना विस्तारका लागी १ करोड ५३ लाख रुपैया बजेट विनियोजन गरिएको जानकारी दिए । सिंचाईको अभाव र पर्याप्त पानी नपर्दा जिल्लाका प्राय सबै जसो पालिकामा किसानले आकासे खेतीमा भर पर्ने अवस्था छ ।
बजेट छरेर सिध्याउनु भन्दा हरेक वर्ष एउटा÷दुईटा ठोस र अतिआवश्यक विषयमा पुग्ने बजेट विनियोजन गर्ने सोच अनुसार उक्त बजेट छुट्याइएको उनको भनाई छ ।
उनले पाँच वर्ष भित्र किसानको खेत÷खेतमा सिंचाईका लागी पानी पु¥याउन र वर्षै भरी मौसम अनुसारको खेतीपाती गर्न उक्त परिमाणको रकम विनियोजन गरेको बताए ।
अध्यक्ष यादवले यसका लागी गाउँपालिकाको सबै ७ वटै वडामा रहेका खेतमा सिंचाइका लागी नेपाल विद्युत प्राधिकरणसंग आवश्यक पहल थालेका जानकारी समेत दिए । विद्युत लाईन विस्तार भएपछि ट्रान्सफर जडान गरी उक्त परियोजना अन्तर्गत किसानले कृषि प्रयोजनका लागी प्रयोग गर्ने सम्पुर्ण विद्युतको महसुल गाउँपालिकाले नै तिर्ने निर्णय भएको जानकारी पनि दिए ।
सिंचाई सुविधा नपुगेको र पर्याप्त वर्षा नहुदा किसानले रोपाई गर्न वर्षेनी दुःख भोग्नु परिरहेकाले पाँच वर्ष भित्र उक्त समस्याको स्थायी समाधान खोज्ने लक्ष्यका साथ पर्याप्त बजेट विनियोजन गरिएको र यो कार्य आगामी वर्षमा समेत निरन्तरता पाउने अध्यक्ष यादवको भनाइ छ ।
उक्त गाउँपालिकामा करिब ४ हजार हेक्टर खेतीयोग्य जग्गा छ । जिल्लाभरमा कुल ८१ हजार ६ सय ६८ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ७२ हजार हेक्टर क्षेत्रफल जग्गामा किसानले वर्षे धान र ३ सय हेक्टर क्षेत्रफलमा चैतेधान लगाउदै आएको कृषि ज्ञान केन्द्र सप्तरीको तथ्याङ्क छ ।
कृषि पछी शिक्षा र स्वास्थलाई उच्च प्राथमिक्तामा राख्दै काम गर्न थालेको अध्यक्ष यादवले बताए । गाउँपालिका क्षेत्र भित्रको शैक्षिक सुधारका लागी पनि यस वर्ष ३ करोड २० लाख रुपैया बजेट विनियोजन गरेको तथा यस योजना अन्तर्गत गाउँपालिका भित्रका सबै विद्यालयको स्तरोन्नती, आवश्यक जनशक्तीको व्यवस्थापन, कक्षा कोठाहरुमा पंखाको व्यवस्था, गरिब, जेहेन्दार विद्यार्थीलाई विद्यालय सम्म पहुँच बढाउन घर दैलो, निःशुल्क शैक्षिक सामाग्री र पुर्ण छात्रवृत्ती प्रदान लगायतका सेवा सुविधा उपलब्ध गराइने योजना रहेको उनले सनाए ।
“म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न, म देश र जनताका लागी इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्छु” जस्ता नारा कार्यालयको भित्ता र आफ्नो कार्यकक्षको मुल ढोका मै टाँसेर काम गर्दै आएका अध्यक्ष याद वले विकासका लागी भ्रष्टाचार रोक्नु पहिलो आवश्यक्ता रहेको उल्लेख गरे ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा समेत पर्याप्त बजेट छुट्टयाएको प्रमुख प्रशासकिय अधिकृत रमेश यादवले बताए । मातहतका स्वास्थ्य संस्थाहरुलाई जनशक्ति, औषधी र उपकरणले सुसज्जित बनाउन पर्याप्त बजेट छुट्टयाइएको प्रमुख प्रशासकिय अधिकृत यादवले बताए ।
यस अन्तरगत मुटु, क्यान्सर, मृगौला लगायत गम्भीर प्रकृतिका रोगीको उपचार खर्च सहयोगका लागी समेत बजेट विनियोजन गरिएको बताएका उनले निकट भविष्य मै एम्बुलेन्स खरिद गर्न लागेको जानकारी पनि दिए । उक्त एम्बुलेन्सबाट गरिब असहाय तथा गर्भवती महिलालाई उपचारका लागी बाहिर लैजानु परे निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने उनको भनाई छ ।
यस्तै गाउँपालिका भित्रका गरिब, असहाय, दलित महिलालाई १÷१ थान खाना पकाउने सिलिन्डर सहितको ग्यास चुल्हो तथा आयआर्जनका लागी पशुपालनमा प्रोत्साहन र शिपमुलक तालिम सहित आवश्यक समाग्री प्रदान गर्ने निर्णय भएको गाउँपालिका कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ