News Category 2080/02/08
युवकको घाटी रेटेर हत्या
दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित टेलरिङ्ग फ्याक्ट्री नजिकको खेतमा सोमबार बिहान घाटी रेटिएको अवस्थामा एक यूवकको शव फेला परेको छ ।
सनाखत हुन बाँकि रहेको मृतक युवकको घाटी रेटेर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
मृतकको देब्रे खुट्टामा डोरी समेत बाँधिएको देखिएकाले केही टाढा हत्या भएको र घिसार्दै एकान्त स्थानमा ल्याएर राखेर गएको तथा हत्या राती ८ बजे देखि १२ बजे बीचको समयमा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनास्थल नजिक वियर, रक्सी र चिसो पेय पर्दाथका गरी तीन वटा खाली बोतल समेत देखिएको तथा अर्धनग्न अवस्थामा रहेको अन्दाजी २४÷२५ वर्षिय ती युवकको शव भन्दा करिब ५० मिटरको दुरीमा सर्ट र पाईन्ट रगतले लतपतिएको अवस्थामा रहेको छ ।
नजिकै रहेको टेलरिङ्ग फ्याक्ट्रीका संचालक, कामदार तथा स्थानीयवासी समेतले ती युवकको पहिचान गर्न नसक्दा आसपासको गाउँ वा बाहिरी जिल्लाका हुन सक्ने र यहाँ ल्याएर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाको प्रकृति हेर्दा सुरुमा मदिरा सेवन गराइएको र त्यसपछी हत्या गरिएको एक प्रहरी अधिकारीले भन्दै पोस्टमार्टम रिपोर्ट पछी मात्र सत्यतथ्य बाहिर आउने बताए । मृतकको शव पोस्टमार्टमका लागी सोमवार नै धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई हत्यामा संलग्नको खोजी कार्य तीब्र बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए ।
एक साता अघि जिल्लाको शम्भुनाथ नगरपालिका २ का २१ वर्षिय मो.तफेजुलको रुपनी गाउँपालिका १ रायपुर स्थित एक खेतमा भएको हत्या घट्नामा संलग्न अभियुक्तहरुको पत्ता न लागिरहेको अवस्थामा हत्याको अर्काे घटना भएपछी स्थानीयवासिन्दामा त्रास बढेको छ ।
यस्तै २०७८ साल पौष ११ गते जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरही विरपुरकी ५० वर्षिया भुटनी देवी यादवको पनि खेतमा गएका वेला टाउकोमा बियरको बोतल प्रहार गरी भएको हत्या घट्नामा संलग्न अपराधीहरु अझै पत्ता लाग्न सकेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ