News Category 2080/02/17
भन्सार छलेर ल्याइएका सामानहरु खरिद नगर्न उबासंघ सप्तरीका अध्यक्ष अग्रवालको आग्रह

दैनिक समाचारदाता
राजबिराज, १७ जेठ ।
उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालबाबु अग्रवालले भन्सार छलेर ल्याइएका कुनै पनि मालसामानहरु खरीद नगर्न सप्तरीका ब्यापारीहरुलाई आग्रह गरेका छन् ।
बुधवार आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसीत कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् । सीमा पारी भारतीय बजारहरुबाट तस्करहरुले किराना, श्रृंगार, फलफुल, रेडिमेड कपडा लगायतका विभिन्न सरसमान भन्सार छलेर ल्याउने र त्यस्ता अबैध सामान केही सिमित व्यापारीले खरिद गर्ने गरेको जानकारी आएपछी अध्यक्ष अग्रवालको यस्तो आग्रह गरे ।
“सबै त्यस्ता छैनन, केही मात्र व्यापारीका कारण यस्तो भन्न बाध्य भएको हुं” उनले भने, “सस्तोमा किन्न पाईने लोभमा तस्करहरुबाट ल्याइएका अवैध मालसमान खरिद गर्दा भन्सार शुल्क तिरेर ल्याइएको सरसमान वेचविखन गर्ने व्यापारी मारमा परिरहेका छन् ।”
खुला सीमानाकाका कारण अवैध कारोवार मौलाउदै गएको भन्दै यसमा प्रहरी प्रशासनले कडाई र निगरानी नगर्दा यहाँको व्यापार व्यवसाय चौपट बन्दै गएको तथा भारतीय बजारमा नेपाली उपभोक्ताको भीड लाग्ने गरेको गुनासो समेत पोखे ।
उनले भने “सप्तरीको व्यापार व्यवसाय फस्टाउन र भन्सारको राजश्व बृद्धिका लागी समेत नाकाहरुमा प्रहरी सकृयता बढाउनु जरुरी छ ।” आर्थिक मन्दी, बैंकको बढ्दो व्याजदर र करको बढ्दो दायरा लगायतका कारण पनि जिल्लाका उधोगी व्यवसायी मारमा परेको भन्दै सरकारले धराशायी बन्दै गएको व्यापार व्यवसाय क्षेत्रलाई उकास्न अविलम्ब उधोगी व्यवसायी मैत्री नीति ल्याउनु पर्ने माग समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ