News Category 2080/05/06
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
भारतबाट नेपालतर्फ भन्सार छलेर स्कारपियो गाडीमा ल्याउँदै गरेको लाखौं मुल्य बराबरको विभिन्न सामानहरु प्रहरीले बरामद गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार सप्तरीको बोदेबर्साईन नगरपालिका वडा न. ३ कुसमहारमा प्रहरीको गस्ति टोलिले भारतबाट नेपालतर्फ भन्सार छलेर को.१च.६९९० न. को स्कारपियोमा ल्याउँदै गरेको ८ लाख ८ हजार ७ सय मुल्य बराबरको सामानहरु बरामद गरेको हो ।
प्रहरीले सामानसहित स्कारपियो र चालक सप्तरीको हनुमाननगर कंकालनि नगरपालिका १ भारदह बस्ने ३५ वर्षिय दिपेन्द्र कुमार दाससमेतलाई नियन्त्रणमा लिएको छ । बरामद गरिएको सामानहरुमा लेडिज ब्रा, सारिको फल्स, रुमाल ९२ पिस, लेडिज भेष्ट, सिन्दुर, हातमा लगाउने चुडा, क्रिम, गला सेट, कपाल बान्ने फुल, प्लास्टिकको वायर, प्लाष्टिकको फुल, प्लाष्टिको पाईप, झुम्का, लेस, मोति, माला, अङगुठ्ठी, कपालमा लगाउने चिम्टी, घाँटिमा लगाउने सिक्री, कानको टप, कानको बाली, कानको झुम्का, प्लास्टिकको रिङ, रङ, प्लाष्टिकको जाली रहेको छ ।
बरामद गरिएको सामानको अन्दाजी मुल्य ८ लाख ८ हजार ७ सय रहेको तथा सामान, गाडी र चलाकसमेतलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बोदेबर्साईनमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ