News Category 2080/05/07
झोला काटेर रकम लुटिएपछि बृद्धाको बिचल्ली
दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
सप्तरीमा बिहीबार झोला काटेर एक बृद्धाको रकम लुटिएको छ । श्रीमान्को उपचार तथा नाती नातिनीको विद्यालय शुल्क तिर्नका लागि उनले बैंकबाट ऋण लिएकी थिइन् ।
जिल्लाको कंचनरुप नगरपालिका ११ ठेलियाकी ६५ वर्षिया मंगलीदेवी चौधरीको १ लाख ९० हजार रुँपैया लुटिएको पीडितका श्रीमान् बसन्त चौधरीले बताए ।
श्रीमान्को उपचार तथा नाती नातिनीको बाँकी बक्यौता विद्यालय शुल्क बुझाउनका लागि उनले बिहीबार कंचनरुप नगरपालिकास्थित मेरो माइक्रो फाइनान्स बित्तिय संस्था लिमिटेडमा जग्गा धितो राखेर उक्त ऋण निकालेकी थिइन् ।
सो रकम झोलामा राखी उनी काम विशेषले सदरमुकाम राजविराज पुग्न विष्णु ट्राभल्स नामक बसमा चढेकी थिइन् । बृद्धा चौधरीका अनुसार बित्तिय संस्थाबाट रकम लिएर बसमा चढ्दासम्म अपरिचित दुई÷तीन जनाले पच्छ्याएका थिए ।
बीच बाटोमै आफूलाई थाहै नहुने गरि झोला काटेर सो रकम निकालेर लगेको उनले प्रहरी समक्ष रुदै सुनाइन् । आफू रुपनी चौकमा बसबाट ओर्लिएपछि झोला चेक गर्दा मात्र रकम लुटिएको थाहा पाएको उनले सुनाइन् ।
उनी त्यही रित्तो झोला बोकेर बिहीबारै साँझ जिल्ला प्रहरी कार्यालय पुगेर भावुक हुँदै प्रहरी अधिकारीहरुलाई रकम पत्ता लागाई दिन गुहारेकी छिन् । बृद्धाको बयानको आधारमा अपराधी पत्ता लगाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ