News Category 2080/06/03
राजासहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
नेपालको लागी नेपाली पार्टी, नेपाल पिछडा वर्ग किसान महासंघ तथा श्रीराम हनुमान आराधना मण्डल नेपाल सप्तरीले वर्तमान संविधानलाई कालो संविधानको संज्ञा दिदै त्यसको खारेजी तथा राजसंस्था सहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै बुधबार प्रर्दशन गरेको छ ।
स्थानीय शिव मन्दिरको प्राङ्गनबाट “असोज ३ कालो दिन, २०७२ को संविधान खारेज गर, राज संस्था सहितको हिन्दु राष्ट्र घोषणा गर, गौ हत्या बन्द गर, २०४७ को संविधान पुर्नस्थापना गर लगायतका नाराबाजी गर्दै संयौको संख्यामा राजवादीहरु नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।
प्रर्दशनमा गाउँ गाउँबाट आएका साधु सन्त र महिलाहरुको उल्लेख्य सहभागिता देखिन्थ्यो । प्रर्दशन पछि आयोजित विरोध सभामा नेपालका लागी नेपाली पार्टीका संरक्षक किशोरी महतोले वर्तमान संविधान र सरकार पुर्णरुपमा फेल भईसकेको बताए ।
वर्तमान संविधान तथा आफुलाई ठूला दल भनाउँदाहरुबाट नेपाली जनताको चाहना पुरा गर्न सम्भव नभएको बताउँदै उनले राजनीतिक व्यवस्था परिवर्तनका लागी वर्तमान संविधानको खारेजी तथा २०४७ को संविधानको पुर्नस्थापनाको विकल्प नरहेको दाबी गरे ।
सभामा सहभागी वक्ताहरुले राजासहितको हिन्दु राष्ट्र तथा संविधान खारेजीको घोषणा नभए आन्दोलन चर्काउने चेतावनी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ