News Category 2080/06/03
संविधान दिवसमा लोसपाको बिरोध कायमै
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सप्तरीले असोज ३ लाई विगतका वर्ष झै यस वर्ष पनि कालो दिन भन्दै विरोध प्रर्दशन गरेको छ ।
स्थानीय पार्टी कार्यालयबाट हात र टाउकोमा कालो पट्टी बाँधेर निस्कीएको जुलुश संविधानमा देखिएको त्रुटी सच्याउन र संशोधनका माँग गर्दै बजार क्षेत्र परिक्रमा गरेको थियो । लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अगुवाइमा निस्केको विरोध प्रर्दशनमा पार्टीका केन्द्रिय नेता जय प्रकाश ठाुकर, दिपेन्द्र चौधरी, गजेन्द्र कुमार मण्डल, अमरकान्त झा, पूर्वसांसद चन्द्रकान्त चौधरी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, राजविराज नगरपालिकाका निवर्तमान नगर प्रमुख शम्भु प्रसाद यादव, निवर्तमान उपप्रमुख साधना झा, महिला नेतृ रिना झा, प्रदेश कमिटी सदस्य ललन मिश्र, कुवँरनाथ मिश्र, युवा नेता राम सागर मण्डल लगायत ठुलो संख्यामा स्थानीय नेता कार्यकर्ताहरु सहभागि थिए ।
२०७२ असोज ३ मा संविधान सभाबाट बहुमतका आधारमा संविधान जारी गर्दा तराई÷मधेशका अधिकाँश मुद्दा नसमेटिएको लोसपाका नेताहरुको भनाई छ । संविधान संशोधनका लागी दवाव दिने उद्देश्यले असोज ३ लाई कालो दिवसका रुपमा मनाउने गरिएको र संविधान संशोधन नगरिए सम्म भविष्यमा पनि यस्ता विरोध कार्यक्रमलाई निरन्तरता दिने लोसपाका जिल्ला अध्यक्ष झाले बताए ।
यता संविधानको पुर्नलेखन नै हुनु पर्ने अडान राख्दै आएका मधेशको अर्काे शक्तीशाली दल जसपा भने मौन रह्यो । सदरमुकाम राजविराजमा सरकारीस्तरबाट गरीएको कार्यक्रममा समेत सहभागी नभएका जसपाका नेताहरु विरोधको पनि न त कुनै कार्यक्रम आयोजना गरे न त सहभागी भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ