News Category 2080/06/11
१६ वर्षिया किशोरी बलात्कृत
दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
सप्तरीकोे डाक्नेश्वरी नगरपालिका ३ की १६ वर्षिया एक दलित किशोरीलाई सोही वडा निवासी २४ वर्षिय महेशकुमार साहले बलात्कार गरेका छन् ।
पीडित पक्षले बुधबार प्रहरीमा उजुरी दिएपछि घटनाको ९ दिनपछि उक्त घटना सार्वजनिक भएको हो ।
असोज ३ गते भएको उक्त घटना गाउँघरमा ढाकछोपको प्रयास तथा घटना मिलाउन दबाब दिँदा ढिलो गरी प्रहरी समक्ष आइपुगेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार असोज ३ गते रातीको समयमा साहले ती किशोरीलाई विभिन्न बहानामा बोलाई गाई गुहालीमा लगि बलात्कार गरेको खुलेको छ । पीडित किशोरीले मुख थुनेर मार्ने धम्की दिँदै जबरजस्ती गरेको बताएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले किशोरीलाई बलात्कार गर्ने महेश र बलात्कारको घटना मिलाउन दबाब दिने अर्का एक युवक प्रहरीमा उजुरी परेको थाहा पाएपछि फरार भएका छन् ।
फरार दुबै जनाको खोजिकार्य भइरहेको जनाउँदै बलात्कारको घटना ढाकछोप तथा मिलाउन दबाब दिने युवकको नाम अनुसन्धानमा बाधा पर्न नदिने मनसायले गोप्य राखिएको प्रहरीको भनाई छ ।
किशोेरीका आफन्तले महेश र घटना मिलाउन दाबब दिने व्यक्ति बिरुद्ध किटानी जाहेरी समेत दिएका छन् । किशोरीको स्वास्थ्य परिक्षणबाट पनि बलात्कारको पुष्टि भएको भन्दै प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ