News Category 2080/07/20
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
यहाँस्थित यातायात व्यवस्था सेवा कार्यालयमा सोमबारदेखी कुमारी बैंक राजविराज शाखाले एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख शशि यादव र कुमारी बैंक मधेश प्रदेशका प्रमुख समिर आचार्यले संयुक्त रुपमा रिबन काटेर सो काउन्टर संचालनको शुभारम्भ गरेका हुन् ।
कार्यालयका निमित्त प्रमुख यादवले कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु वापत लाग्ने राजश्व अब कुमारी बैंकको एक्स्टेन्सन काउन्टरबाटै हुने जानकारी दिदै भने “अबदेखी सबै खाले राजश्व वापतको रकम नगद नभई बैंक मार्फत नै भुक्तानी हुनेछ ।” उनले पटके सेवा वापतको राजश्व भने नगद नै लिइने जानकारी दिए ।
उनले सवारीसाधनहरुको नवीकरण वापतको राजश्व, सवारी अनुमति पत्रको नविकरण वापत लगायतको राजश्व कार्यालयमा नगद बुझाउनु पर्ने बाध्यता हटेको तथा सेवाग्राहीले बैंक मार्फत कारोबार गर्दा पारदर्शी तथा सेवाग्राहीलाई पनि सहज हुने जिकिर गरे ।
सोही क्रममा निमित्त प्रमुख यादवले सवारीसाधनहरुको बायोमेट्रिक गरि अनलाईन मार्फत नै राजश्व बुझाउने प्रावधान समेत सुरु भएको जानकारी पनि दिए । उनले एक पटक कार्यालयमा सवारीसाधनको बायोमेट्रिक गरे भने त्यो सधैका लागि अभिलेख रहने र अनलाइन मार्फत नै नविकरण गर्न सकिने उल्लेख गरे ।
सोही अवसरमा बैंकका प्रदेश प्रमुख आचार्यले तत्कालका लागि कार्यालयमा एक्स्टेन्सन काउन्टरको संचालन गरिएको जानकारी दिँदै यस काउन्टरबाट यातायात कार्यालयको राजश्व मात्र संकलन गरिने बताए ।
सो अवसरमा कार्यालय तथा बैंकका कर्मचारी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ