News Category 2080/08/08
मेयर पदका प्रत्यासी चौधरी बलात्कार प्रयासको आरोपमा पक्राउ
दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर पदका प्रत्यासी एक नेता बलात्कार प्रयासको आरोपमा शुक्रबार पक्राउ परेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार बनेका सोही नगरपालिका ५ निवासी दीपेन्द्र चौधरी बलात्कार प्रयासको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
३५ बर्षीया महिलाले आफुलाई बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेका अनुसार पक्राउ परेका चौधरीलाई जबरजस्ती करणी उधोग मुद्दा अन्तरगत सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिई घटना बारे थप अनुसन्धान शुरु गरिएको छ ।
आरोपी चौधरी गत २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट मेयर पदको उम्मेदबार भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ