News Category 2080/08/08
मेयर पदका प्रत्यासी चौधरी बलात्कार प्रयासको आरोपमा पक्राउ
दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर पदका प्रत्यासी एक नेता बलात्कार प्रयासको आरोपमा शुक्रबार पक्राउ परेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार बनेका सोही नगरपालिका ५ निवासी दीपेन्द्र चौधरी बलात्कार प्रयासको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
३५ बर्षीया महिलाले आफुलाई बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेका अनुसार पक्राउ परेका चौधरीलाई जबरजस्ती करणी उधोग मुद्दा अन्तरगत सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिई घटना बारे थप अनुसन्धान शुरु गरिएको छ ।
आरोपी चौधरी गत २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट मेयर पदको उम्मेदबार भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ