News Category 2081/01/04
प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता, बैशाख ५ देखी प्रतियोगिता हुने
दैनिक समाचारदाता
राजविराज, ४ वैशाख ।
क्रिकेट विकास प्रतिष्ठान राजविराज सप्तरीले गठन भएको पाँच वर्षदेखि लगातार क्रिकेट प्रतियोगितको आयोजना गर्दै आएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत यस पटक पनि सोही प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ ।
आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष ई. इन्द्रनारायण देवले बैशाख ५ गते जिल्लाका ९ क्लब सम्मिलित क्रिकेट प्रतियोगिता आयोजना हुने जानकारी दिएका छन् ।
सो प्रतियोगितामा जिल्लाको युथ एकेडेमी राजविराज, सबल नेपाल, राजदेवी राइजिङ्ग क्लब, तिलाठी कोइलाडी क्लब, कंचनरुप रुपनगर क्रिकेट क्लब, रुपनी राइडर्स, बजाज खडक यङ एलेवन, माँ काली छिन्नमस्ता क्लब र वाईइसी विरपुर क्रिकेट क्लब गरी कुल ९ टिमको सहभागिता रहने उनले बताए ।
प्रतियोगिताको वार्षिक कार्यक्रम अन्तर्गत राजविराज नगरपालिका तथा सप्तरी क्रिकेट संघसँग समन्वय गरेर बैशाख ५ गते देखी १२ गते सम्म जिल्लाका क्लबहरुलाई समेटेर क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ ।
युवाहरुलाई कुलतबाट जोगाउन तथा उनीहरुलाई खेलको माध्यमबाट असल नागरीक बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्दै आएको बताउँदै उनले यसबाट नयाँ नयाँ प्रतिभावान खेलाडीको उदय हुने विश्वास समेत गरे ।
जिल्लामा क्रिकेट खेलको विकासका लागी हामी निरन्तर प्रतियोगिता गर्दै आए पनि स्थानीय, प्रदेश र संघिय सरकारहरुबाट अपेक्षा गरे अनुसारको सहयोग पाउन नसकेको भन्दै उनले यसतर्फ तीन वटै तहका सरकारको पनि चासो उत्तिकै जरुरी रहेको बताए ।
राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा लिग कम नक आउट प्रणालीको आधारमा टि–ट्वाइन्टी कप क्रिकेट प्रतियोगिता संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले ट्रफी, प्रमाण पत्र र नगद २५ हजार तथा दोश्रो हुनेले ट्रफी, प्रमाण पत्र र १५ हजार नगद पुरस्कार पाउने जनाइएको छ ।
प्रतियोगितको पाँचौ संस्करणमा वेस्ट बलर, वेस्ट ब्याटसम्यान, म्यान अफ द सिरीज लगायतका विद्यामा पनि पुरस्कारको व्यवस्था मिलाइएको प्रतिष्ठानका सचिव भोगेन्द्र चौधरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ