News Category 2081/03/22
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
राजविराज÷रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवश्यक काम आगामी असोजदेखी प्रकृयागत रुपमा सुरु हुने भएको छ ।
प्रतिष्ठानको तेश्रो वार्षिकी शिलान्यास समारोहको अवसर पारेर शनिबार रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पशुपति चौधरीले सो जानकारी दिएका हुन् ।
शिलान्यास गरेको तीन वर्ष पूरा भएपनि अलपत्र छाडिएको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अब तिब्र गतिमा अघि बढाइने भएको हो ।
कार्यक्रममा सरकारले यसअघि दिएको बजेट विभिन्न कारणले फ्रिज हुन गएको बताउँदै प्रा.डा. चौधरीले यसपल्ट आफ्नो कार्यकालमा प्रारम्भिक कामका लागि ४० करोड ५० लाख ५५ हजार बजेट प्राप्त भएको जानकारी सहित अब कुनै पनि हालतमा निर्माण कार्य नरोकिने प्रतिबद्धता जनाए । प्रतिष्ठानको निर्माण कार्य सम्पन्न गर्न करिब ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको उनको भनाई छ ।
प्रतिष्ठानको तेश्रो वार्षिकी शिलान्याश समारोहका अवसर पारेर रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार विकास समितिद्वारा शनिवार नै नगरमा ‘स्वास्थका लागि दौड” नारा सहित म्याराथुन, गजेन्द्र नारायण सिंह अस्पतालमा सरसफाई, विरामीहरुलाई फलफुल वितरण तथा प्रतिष्ठान निर्माणस्थलमा दिप प्रज्वलन लगायतका कार्यक्रमको आयोजना समेत गरिएको छ । कार्यक्रममा सहभागि सरोकारवालाहरुले प्रतिष्ठान निर्माण कार्यमा आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत प्रवीण, निवर्तमान नगरप्रमुख शम्भु प्रसाद यादव, गजेन्द्र नारायण सिंह अस्पतालका पूर्व मेसु डा. मुरली प्रसाद सिंह, जसपा नेता दिनेश यादव, नेकपा माओवादी केन्द्रका नेता सुभाश यादव, जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमण साह, निजामति कर्मचारीहरुको आधिकारी ट्रेड यूनियन सप्तरीका अध्यक्ष अजय झा, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतले प्रतिष्ठान स्थापनाले सप्तरीवासी मात्र नभई मधेश प्रदेश, कोशी प्रदेश र सीमावर्ती भारतीय क्षेत्रका वासिन्दा समेत लाभान्वित हुने भन्दै प्रतिष्ठान निर्माण कार्यमा आ आफ्ना क्षेत्रबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
बि.स. २०७८ जेठ २१ गतेको मन्त्रीपरिषद्को बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० बिरौलस्थित ६२ विगहा जग्गा प्रतिष्ठानका नाममा दिने निर्णय गरेपछि २०७८ असार २२ गते आजकै दिन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए ।
तर, प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरुमा पदाधिकारी र कर्मचारीको नियुक्ति समयमै हुन नसक्दा प्राप्त बजेट पनि फ्रिज हुनुका साथै निर्माण कार्य रोकिएको थियो । प्रतिष्ठान निर्माण स्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर निर्माण गर्ने बाहेक अरु पस्केही काम हालसम्म भएको छैन् ।
प्रतिष्ठान निर्माण स्थल यसरी वेवारिसे अवस्थामा रहँदा स्थानीयले गत असोज २६ गतेदेखी प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सुरु गर्न माग गर्दै सय दिनसम्म रिले अनशन नै बसेका थिए । त्यसपश्चात् सरकारले प्रतिष्ठान निर्माणमा चासो देखाउँदै प्रतिष्ठानमा रिक्त रहेको अध्यक्ष पदमा डा. चौधरी र कार्यकारी निर्देशकमा डा. नागेन्द्र प्रसाद यादवलाई डेढ महिना अघि मात्र नियुक्त गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ