News Category 2081/07/12
दशकौंदेखि भूमिहीन रहेका ४० जनाले पाए लालपूर्जा
दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
दशकौंदेखि वसोवास गर्दै आएको जग्गाको लालपूर्जा नहुदा समस्यामा परेका ४० जनाले सोमवार लालपूर्जा (जग्गाधनी दर्ता प्रमाणपत्र) प्राप्त गरेका छन ।
राजविराज नगरपालिका वडा नं.७ कार्यालयको पहलमा नापी कार्यालय तथा ३ नं. नापी टोलीले सोमवार वडा कार्यालय मै एक कार्यक्रमको आयोजना गरी ४० जनालाई जग्गाधनी दर्ता प्रमाण पत्र प्रदान गरेका हुन ।
कार्यक्रममा वडा नं. ७ नं का अध्यक्ष सुभाष चन्द्र यादव, ६ नंं वडाका अध्यक्ष शशी चौधरी, ८ नंं.का वडा अध्यक्ष जयनारायण मण्डल, ४ नं.का वडा अध्यक्ष अनिल दास (गुडु), नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्र, ३ नंं.नापी टोलीका प्रमुख सतिष कुमार यादव लगायतले जग्गाधनी दर्ता प्रमाण पत्र पुर्जा प्रदान गरेका थिए ।
सो वडाका बाकी अन्यलाई पनि प्रक्रिया पुरा गर्दै क्रमिकरुपमा जग्गा धनी दर्ता प्रमाण पत्र पुर्जा प्रदान गरिने नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्रले जानकारी दिए ।
गाउँ ब्लकको जग्गामा बावु बाजेको पालादेखी वसोवास गर्दै आएका सो वडाका जनतालाई लालपुर्जा नहुदा समस्या भएकाले लालपुर्जाका लागी पहल गरिएको र बाँकिलाई आवश्यक प्रक्रिया पु¥याएर लालपूर्जा दिलाउन आफु प्रयासरत रहेको बडाअध्यक्ष यादवले बताए ।
नगरपालिका क्षेत्रको विटौरी जग्गाधनीको समस्या पनि यसरी नै समाधान गरिनु पर्ने र यसका लागी समेत आफु लागी परेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ