News Category 2071/11/09
क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धिहरु संस्थागत हुनुपर्छ ः अध्यक्ष ठाकुर
दैनिक संवाददाता
राजविराज, ८ फागुन ।
तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले विगतमा भएको सहमतिहरुलाई संस्थागत गरेर मात्र संविधान जारि गर्नुपर्ने बताउनु भएको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टी जिल्ला कार्य समिति सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले क्रान्ति र आन्दोलनबाट जनजाती, मधेशी, मुश्लिम, महिला, थारु लगायतको उपलब्धिहरुलाई संस्थागत गरेर संविधान जारि गर्नुपर्ने बताउनुभयो ।
संविधान कुनै दल, व्यक्ति वा पार्टीको नभएर सम्पूर्ण जनताको हो, त्यसैले सबैलाई समेटेर संविधान जारि गर्नु पर्ने उहाँले जिकिर गर्नुभयो ।
अध्यक्ष ठाकुरले भन्नुभयो, “जनताले दिएको मताधिकारले सरकार बनाउने हो, तर संविधान बनाउने जनादेशबाट हो, जुन जनादेश ३० दललाई छ ।” उहाँले काँग्रेस र एमाले बहुमतको दम्भबाट संविधान बनाउने कुरा जनताले स्विकार नगर्ने स्पष्ट पार्नुभयो ।
संघीयताको सवालमा उहाँले मधेश स्वायत्त प्रदेश हुनुपर्ने बताउँदै विभिन्न समयमा संघीयताले देश बिखण्डन हुने कुरालाई काँग्रेस र एमालेको प्रचारबाजी मात्र भएको दाबी गर्नुभयो ।
यस्तै एक अर्को प्रसङ्गमा उहाँले पूर्वराजा ज्ञानेन्द्र ७ वर्षदेखी सुतेका थिए अब आएर ब्युझिने बित्तिकै आफूसँग भएको सहमतिलाई कार्यान्वय गर्न माग गरेको कुरा हास्यप्रद मात्र भएको बताउनुभयो ।
त्यस्तै मधेश छुट्टै देश हुनुपर्ने २०१७ सालमा समेत माग गरिएको थियो, त्यसपछि सशस्त्र भूमिगत समूहले र अहिले आएर डा. सीके राउतले माग गरेको कुनै नौलो कुरा होइन् यसप्रति सम्पूर्णलाई भ्रममा नपर्न उहाँले आग्रह समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ