News Category 2071/11/12
आन्दोलनरत दल वार्तामा नआए प्रक्रियाबाटै संविधान जारि हुन्छ ः उपप्रम सिंह
दैनिक संवाददाता
राजविराज, ११ फागुन ।
उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले आन्दोलनरत दल वार्तामा नआए प्रक्रियाबाटै संविधान जारि हुने बताउनु भएको छ ।
जिल्ला विकास समिति सप्तरीको २१ औं जिल्ला परिषद्लाई सोमबार राजविराजमा सम्बोधन गर्नुहुँदै मन्त्री सिंहले २०६२÷६३ को आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै तीनदेखी चार महिना भित्रै संविधान जारि हुने दाबी गर्नुभयो ।
हालसम्म कुनै पनि मुलुकमा संविधान सडक र आन्दोलनबाट नबनेको जानकारी दिनुहुँदै उहाँले नेपालमा पनि संविधानसभा बाटै नयाँ नेपालको संविधान बन्ने जिकिर गर्नुभयो ।
मन्त्री सिंहले मुलुकमा लिखित लोकतान्त्रिक संविधानका लागि राजनीतिक स्थिरता आवश्यक रहेकोले सो भएमा नेपालको आगामी १० वर्षमा कायापलट हुने विश्वास व्यक्त गर्नुभयो ।
सोही क्रममा मन्त्री सिंहले विपक्षि दलहरुको आन्दोलनप्रति प्रतिक्रिया दिनुहुँदै भन्नुभयो, “जसले संविधानसभाको कुरा ल्यायो त्यसले संविधानसभा छोडेर आन्दोलन गर्दैछ र अब एक दुई दिनमै आन्दोलनको असर पनि देखिनेछ ।”
सम्बोधन कै क्रममा मन्त्री सिंहले विगत ११ वर्षदेखी स्थानिय निकायको निर्वाचन हुन नसक्दा अब नयाँ संविधानको नयाँ प्रक्रिया अनुसार स्थानिय निकायको निर्वाचन हुने जानकारी दिनुभयो ।
२०१६ सालमा गणेशमान सिंहद्वारा शिलान्यास गरिएको राजविराज विमानस्थलको संचालनका लागि आफ्नो पनि ठूलो दायित्व रहेकोले त्यसको संचालनका लागि छिट्टै सम्बन्धित निकायसँग छलफल गरिने जानकारी दिनुभयो । जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा बिशिष्ट अतिथिमा सभासदहरु ताराकान्त चौधरी, तेजु लाल चौधरी, सुरेन्द्र प्रसाद यादव, रंजित कर्ण, सत्य नारायण मण्डल, रंजु ठाकुर, गंगाराम यादव, सकलदेव सुतिहारको उपस्थिति रहेको थियो ।
त्यसैगरि जिविस सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिध, संचारकर्मी, अधिकारकर्मी, विभिन्न कार्यालयका प्रमुख, गाविस अध्यक्ष तथा सचिव लगायतकाहरुको उपस्थिति रहेको थियो ।
यसअघि ३० दलिय मोर्चा गठबन्धन सप्तरीले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले जिल्ला विकास समिति सप्तरीको २१ औं जिल्ला परिषद्लाई उदघाटन गर्ने कार्यक्रमलाई बहिष्कार गर्ने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ