News Category 2071/11/12
आन्दोलनरत दल वार्तामा नआए प्रक्रियाबाटै संविधान जारि हुन्छ ः उपप्रम सिंह
दैनिक संवाददाता
राजविराज, ११ फागुन ।
उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले आन्दोलनरत दल वार्तामा नआए प्रक्रियाबाटै संविधान जारि हुने बताउनु भएको छ ।
जिल्ला विकास समिति सप्तरीको २१ औं जिल्ला परिषद्लाई सोमबार राजविराजमा सम्बोधन गर्नुहुँदै मन्त्री सिंहले २०६२÷६३ को आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै तीनदेखी चार महिना भित्रै संविधान जारि हुने दाबी गर्नुभयो ।
हालसम्म कुनै पनि मुलुकमा संविधान सडक र आन्दोलनबाट नबनेको जानकारी दिनुहुँदै उहाँले नेपालमा पनि संविधानसभा बाटै नयाँ नेपालको संविधान बन्ने जिकिर गर्नुभयो ।
मन्त्री सिंहले मुलुकमा लिखित लोकतान्त्रिक संविधानका लागि राजनीतिक स्थिरता आवश्यक रहेकोले सो भएमा नेपालको आगामी १० वर्षमा कायापलट हुने विश्वास व्यक्त गर्नुभयो ।
सोही क्रममा मन्त्री सिंहले विपक्षि दलहरुको आन्दोलनप्रति प्रतिक्रिया दिनुहुँदै भन्नुभयो, “जसले संविधानसभाको कुरा ल्यायो त्यसले संविधानसभा छोडेर आन्दोलन गर्दैछ र अब एक दुई दिनमै आन्दोलनको असर पनि देखिनेछ ।”
सम्बोधन कै क्रममा मन्त्री सिंहले विगत ११ वर्षदेखी स्थानिय निकायको निर्वाचन हुन नसक्दा अब नयाँ संविधानको नयाँ प्रक्रिया अनुसार स्थानिय निकायको निर्वाचन हुने जानकारी दिनुभयो ।
२०१६ सालमा गणेशमान सिंहद्वारा शिलान्यास गरिएको राजविराज विमानस्थलको संचालनका लागि आफ्नो पनि ठूलो दायित्व रहेकोले त्यसको संचालनका लागि छिट्टै सम्बन्धित निकायसँग छलफल गरिने जानकारी दिनुभयो । जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा बिशिष्ट अतिथिमा सभासदहरु ताराकान्त चौधरी, तेजु लाल चौधरी, सुरेन्द्र प्रसाद यादव, रंजित कर्ण, सत्य नारायण मण्डल, रंजु ठाकुर, गंगाराम यादव, सकलदेव सुतिहारको उपस्थिति रहेको थियो ।
त्यसैगरि जिविस सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिध, संचारकर्मी, अधिकारकर्मी, विभिन्न कार्यालयका प्रमुख, गाविस अध्यक्ष तथा सचिव लगायतकाहरुको उपस्थिति रहेको थियो ।
यसअघि ३० दलिय मोर्चा गठबन्धन सप्तरीले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले जिल्ला विकास समिति सप्तरीको २१ औं जिल्ला परिषद्लाई उदघाटन गर्ने कार्यक्रमलाई बहिष्कार गर्ने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ