News Category 2071/11/12
फलारी बाबाजी महाराजद्वारा महायज्ञको उद्घाटन
दैनिक संवाददाता
राजविराज, ११ फागुन ।
मुलुकमा शान्ति स्थापना गर्ने उद्देश्यले पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा सोमबार श्री सीताराम नामजप महायज्ञको उदघाटन भएको छ ।
महायज्ञ आयोजक समितिका अध्यक्ष उम्देश्वर साहको अध्यक्षतमा आयोजित कार्यक्रममा भारतको बिहारका प्रसिद्ध रामप्रिय फलारी बाबाजी महाराजले होमजप गरेर उद्घाटन गर्नुभयो ।
महायज्ञ संचालनका लागि राधवेन्द्र दास त्यागि जी महाराज पनि सो स्थानमा रहनुभएको थियो ।
यस्तै महायज्ञमा भारतको बृन्दावनस्थित सीताराम आश्रमबाट भजन किर्तन र यज्ञ गर्ने टोली समेत आएका छन् । सो यज्ञमा १ सय ८ किलोको एउटा लड्डु समेत चढाउने आयोजकले जानकारी दिएको छ । यसैगरि यज्ञ स्थलमा ५५ फिटको हनुमानको मूर्ति समेत बनाइएको छ ।
फागुन २० गतेसम्म संचालन हुने सो महायज्ञका लागि एक करोड भन्दा बढी रकम खर्च हुने आयोजकले जनाएको छ भने उक्त रकम स्थानीयहरुले प्रदान गरेको चन्दाबाट प्राप्त भएको अध्यक्ष साहले जानकारी दिनुभयो ।
महायज्ञ हुने समयअवधी भर रामलिला, रासलिला तथा भजन, किर्तन, धार्मिक प्रवचन लगायतका कार्यक्रम चलिरहने जनाइएको छ । सो यज्ञ स्थलमा १ सय ८ मरुवाको निर्माण गरिएको छ । जसमा भक्तजनहरु मरुवामा बसी यज्ञअवधी भर भजन किर्तन लगायतमा सहभागि हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ