News Category 2071/11/12
सभासद् मण्डललाई कालो झण्डा
दैनिक संवाददाता
राजविराज, ११ फागुन ।
आन्दोलनरत ३० दलिय मोर्चा गठबन्धनका युवा नेता तथा कार्यकर्ताहरुले सभासद सत्य नारायण मण्डललाई जिल्ला परिषदको उद्घाटन सत्रमै कालो झण्डा देखाएका छन् ।
मोर्चाका यूवा नेता तथा कार्यकर्ताहरुले मधेश बिरोधी अभिव्यक्ति दिएको भन्दै जिल्ला प्रवेशमा रोक लगाएको एमाले सभासद मण्डललाई हलभित्रै कालोझण्डा देखाउँदै प्रदर्शन गरेका थिए ।
सो प्रदर्शन पश्चात् जिविस सप्तरी सभाहल केही समय तनावग्रस्त भएको थियो । स्थितिलाई साम्य पार्न प्रहरीले आन्दोलनरत नेताहरुलाई बलप्रयोग गरेर हल बाहिर निकालेको थियो । त्यसपछि नेताहरुले हल बाहिर नाराबाजी गरेका थिए ।
नाराबाजी पश्चात जिविसकै प्राङ्गणमा आयोजित बिरोध सभामा सदभावना पार्टीका युवा नेता दिनेश कुमार यादव, क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी फोरम लोकतान्त्रिकका सत्येन्द्र कुमार यादव, एमाओवादीका बिनोद यादव, फोरम नेपालका केदार यादव, श्याम कुमार यादव, नवजित झा, उमेश यादव, निरज मुक्ति लगायतका बक्ताहरुले काग्रेस एमाले मधेश बिरोधि रहेको भन्दै त्यसको प्रतिकारमा आन्दोलनरत ३० दलिय मोर्चाको आन्दोलन नरोकिने बताउँनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ