News Category 2071/11/12
सभासद् मण्डललाई कालो झण्डा
दैनिक संवाददाता
राजविराज, ११ फागुन ।
आन्दोलनरत ३० दलिय मोर्चा गठबन्धनका युवा नेता तथा कार्यकर्ताहरुले सभासद सत्य नारायण मण्डललाई जिल्ला परिषदको उद्घाटन सत्रमै कालो झण्डा देखाएका छन् ।
मोर्चाका यूवा नेता तथा कार्यकर्ताहरुले मधेश बिरोधी अभिव्यक्ति दिएको भन्दै जिल्ला प्रवेशमा रोक लगाएको एमाले सभासद मण्डललाई हलभित्रै कालोझण्डा देखाउँदै प्रदर्शन गरेका थिए ।
सो प्रदर्शन पश्चात् जिविस सप्तरी सभाहल केही समय तनावग्रस्त भएको थियो । स्थितिलाई साम्य पार्न प्रहरीले आन्दोलनरत नेताहरुलाई बलप्रयोग गरेर हल बाहिर निकालेको थियो । त्यसपछि नेताहरुले हल बाहिर नाराबाजी गरेका थिए ।
नाराबाजी पश्चात जिविसकै प्राङ्गणमा आयोजित बिरोध सभामा सदभावना पार्टीका युवा नेता दिनेश कुमार यादव, क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी फोरम लोकतान्त्रिकका सत्येन्द्र कुमार यादव, एमाओवादीका बिनोद यादव, फोरम नेपालका केदार यादव, श्याम कुमार यादव, नवजित झा, उमेश यादव, निरज मुक्ति लगायतका बक्ताहरुले काग्रेस एमाले मधेश बिरोधि रहेको भन्दै त्यसको प्रतिकारमा आन्दोलनरत ३० दलिय मोर्चाको आन्दोलन नरोकिने बताउँनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ